चापाकोटको नबौ नगरसभा सम्पन्न,५९ कराेड ५४ लाख ३१ हजार रूपैयाकाे बजेट सार्बजानिक

nagar sabha chapakot

चापाकोट :

चापाकोट नगरपालिका को नबौ नगरसभा सम्पन्न भएको छ । चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरि को अध्यक्षता मा नगरसभा सम्पन्न भएको हो । आज सम्पन्न नगरसभामा नगर प्रमुख शिव कुमार गिरि ले आर्थिक वर्ष ०७८/०७९ का लागि निती तथा कार्यक्रम प्रस्तुत गर्नु भयको थियो।नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख ज्यु ले चापाकोट नगरपालिका ले बिस्तारै बिकास को गति लियको बताउनु भएको छ ।उहाले चापाकोट नगरपालिका मा आन्तरिक हवाइ मैदान को लागि चापाकोट नगरपालिका को मचेडाडा मा D.P.R कार्य आगाडी बडाउन को लागि आबस्यक बजेट बिनियोजन गर्नु का साथै चापाकोट नगरपालिका वडा नम्बर ४ दार्शिङ मा निर्माणाधिन रहेको दूध चिस्यान केन्द्र तत्कालै सन्चालन मा ल्याउने बताउनु भयो । गिरिले चापाकोट नगरपालिका को सुन्तलीटार मा आलु चिस्यान केन्द्र बनाउन को लागि बजेट बिनियोजन गर्नु भयको छ ।नगरप्रमुख ज्यु ले चापाकोट नगरपालिका को शिक्षा ,स्वास्थ कृषि ,पर्यटन बिकास का लागि आबस्यक बजेट बिनियोजन गर्नु भएको छ ।

नगरवासीहरूको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकता परिपूर्ती गर्दै जाने, नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसर सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध नगर बनाउन बजेट केन्द्रित भएको बताउनु भयो । नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गिरिले सिङ्गो विश्व यतिबेला कोरोना भाइरसले ल्याएको संकट सामना गरिरहेको भन्दै सिंगो मुलुक तथा नगर पनि विपत्तिसँग जुधिरहेको ले कोभिड नियन्त्रण का लागि नगरपालिका को आइसुलेसन लाई थप प्रभाबकारी गराउने बताउनु भएको छ। नगरसभा मा चापाकोट नगरपालिका का उप प्रमुख बिमला श्रेष्ठ ले ०७८/०७९ को लागि पुजि तर्फ १३ करोड ८१ हजार ,चालू तर्फ १३करोड ६०लाख ५०हजार, शसर्त कार्यक्रम संघिय ३१ करोड ९३लाख र प्रदेस शसर्त कार्यक्रम १ करोड गरि जम्मा ५९ कराेड ५४ लाख ३१ हजार रूपैयाकाे बजेट सार्बजानिक गर्नु भयको छ ।

Facebook Comments Box
TOP