आज प्रदेश सरकारहरूले बजेट ल्याउदै ।

काठमाण्डौ:
आज सबै प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरिरहेका छन्। यस पटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको छ।

नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र तथा विकास निर्माणका गतिविधिहरू लगायतमा पनि बजेट केन्द्रीत रहने कुरालाई समेटिएको थियो। प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार आज सबै प्रदेशमा प्रदेश सभा बैठक बस्दैछन।
प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे बजेटका लागि प्रदेश सभा बैठक बस्दैछन। यस्तै प्रदेश नम्बर २ मा अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। बागमती प्रदेशमा अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठकबाट बजेट आउनेछ। यस्तै गण्डकीमा पनि आजै बजेट ल्याउने तयारी छ।
लुम्बिनी प्रदेशमा आज अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत हुनेछ। कर्णालीमा आज दिउँसो १ बजे र सुदूरपश्चिम प्रदेशमा अपरान्ह ४ बजेटका लागि प्रदेश सभा बैठक बोलाइएका छन्।b

Facebook Comments Box
TOP