स्याङजामा एकै दिन थपिए ६११ जना संक्रमित, ४ जनाको मृत्यु ।

Syangja_district

स्याङजा :
स्याङजामा एकै दिन ६ सय ११ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
आज एकै दिन ठुलो संख्यामा संक्रमित थपिए पछि जिल्लामा संक्रमितको संख्या २३०१ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या एक हजार ७७ रहेको छ । ११६५ जनाले भने कोरोना जितेर घर फर्किएका छन् । यस्तै स्याङ्जामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।
यसैबीच बिहिबार गण्डकीमा थप १३७२ जनामा कोरोना पुष्टी भएको छ । स्याङजा बाहेक कास्कीका ३५३ जना, तनहुका ९३ जना, गोरखाका १५६ जना, लमजुङका १६ जना, नवलपुरका ९४ जना, पर्वतका १८ जना, बाग्लुङका ९ जना, म्याग्दीका २१ जना र मुस्ताङ जिल्लाका १ जनामा कोरोना पुष्टी भएको हो ।
यो सँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३२ हजार ६० पुगेको छ । जसमा १० हजार १८८ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ ।
यस्तै पनि गण्डकीमा थप २२ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना, नवलपुरका पाँच जना, स्याजाका चार जना, गोरखाका दुई जना र तनहुँका एक जना छन ।
यो सँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार सय ७३ पुगेको निर्देशनालयले जनाएको छ ।

 

Facebook Comments Box
TOP