नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित ।

स्याङ्जा :
नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा नेपाल प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल नर्विरोध निर्वाचित हुनु भएको छ । प्रेस युनियन र प्रेस संगठनका गठबन्धनको तर्फका साझा उम्मद्वार सिग्देल अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
यसैगरी उपाध्यक्षमा राधाकृष्ष्ण डुम्रे र भवानी अधिकारी, सचिवमा प्रतिक्षा काफ्ले, सह सचिवमा तोलाकान्त बगाले र भूपराज बस्याल, कोषाध्यक्षमा रमेश (एकबहादुर) गोदार निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै महासंघको सदस्यहरुमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई, शालीकराम पोख्रेल,साधना न्यौपाने,थुम बहादुर बिनोद रखाली र नारायण बिश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै राष्ट्रिय परिषद सदस्यमा ओम प्रकाश शर्मा र रोशन लामिछाने यसैगरी प्रदेश परिषद सदस्यमा चुत्र बहादुर महत,प्रेम नारायण रेग्मी र हिमलाल न्यौपाने निर्विरोध निर्वाचित भएकाछन् ।
नेपाली काँग्रेस निकट प्रेस युनियन,माओबादी केन्द्र निकट प्रेस संगठन, नेकपा एमालेको नेपाल-खनाल निकटको प्रेस चौतारी लगायतले केन्द्रमा गरेको गठबन्धनका आधारमा जिल्लामा पनि गठनबन्धन भएको प्रेस युनियनका अध्यक्ष प्रदिप कोईरालाले जानकारी दिनुभयो ।
कांग्रेस निकट युनियनबाट पदाधिकारीहरुमा अध्यक्ष,दुई उपाध्यक्ष र दुई सहसचिवमा क्रमश सिग्देल, डुम्रे,अधिकारी,बगाले र बश्याललाई पठाएको कोईरालाले बताउनु भयो ।
यस्तै माओबादी निकट प्रेस संगठनले पदाधिकारीको लागि सचिवमा प्रतिक्षा काफ्ले र कोषाध्यक्षमा रमेश गोदारलाई पठाएको संगठनका गण्डकी प्रदेश संयोजक अर्जुन काफ्लेले बताउनु भयो । काफ्ले कान्तीपुरमा र गोदार रेडियो स्याङ्जामा कार्यरत रहेकाछन् । रोशन लामिछाने माओवादी निकट प्रेस संगठनको प्रतिनिधित्व गर्दै राष्ट्रिय परिषद सदस्य बन्नुभएको हो । त्यस्तै शालिकराम पोख्रेल र नारायण बिश्वकर्मा पनि संगठनबाट नै सदस्य बनेका हुन ।जिल्लामा क्रियाशिल सबै संगठन बीच सहकार्य गर्ने प्रयास भएको भए पनि बिभिन्न कारण त्यसो हुन नसकेको युनियनका अध्यक्ष कोईरालाको भनाई छ ।
निर्वाचन समितिले उमेद्वारको अन्तिम नामावली प्रकाशन गरेसँगै सवै पदमा निर्विरोध रुपमा निर्वाचित भएका महासंघका निर्वतमान् अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP