एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु
काठमाडौं : नेपालमा कोरोना संक्रमण कारण थप ४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।
यस्तै सोमबार २ सय ६६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अनुसार ३ हजार ४ सय ५६ पीसीआर परीक्षण भएकोमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् ।
हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ ।
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


