स्याङ्जाका २ सहित गणडकीमा थपिए ३४ जना संक्रमित

स्याङ्जा – आइतबार गण्डकीमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं -१ का ३ जना सहित पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुष गरी ३४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै आज नै स्याङ्गजाको फेदीखोला गाउँपालिका -१ का १ जना र पुतलीबजार नगरपालिका -३ का १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

यस्तै बाग्लुङ जिल्लाको बागलुङ नगरपालिका -२ का १ जना महिला र वडा नं -१० का १ पुरुषमा पनि कोरोना पुष्टि भएको भने, पर्वत जिल्लाको कुश्मा नगरपालिका -१ का ९ वर्षीया बालिकाको पनि परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका ३९ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ९ सय ७ पुगेको छ  ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट २९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार २ सय ७४ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा २०५ जनाले ज्यान गुमाइसकेका छन् ।

Facebook Comments Box
TOP