निरन्तर बढेको बढ्यै : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

petrol

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई दुई रुपैयाँ बढाइएको हो । नयाँ मूल्य पछि अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

निगमले आन्तरिकतर्फ हवाइ इन्धन प्रतिलिटर २ रुपैयाँले बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।

यसअघि निगमले फागुन १७ गते पनि र त्यसअघि पनि इन्धनको मूल्य बढाएको थियो ।

Facebook Comments Box
TOP