पाईनिअजका प्रमुख गैह्रेद्वारा जन्मदिनको अवसरमा मिर्गाैलाका बिरामी किसोरलाई नगद प्रदान ।
वालिङ :
पाईनिअज हायर एजुकेशन एकेडमीका प्रमुख मेघराज गैह्रेले आफ्नो जन्मदिनको अवसर पारेर मिर्गाैलाका बिरामी एक किसारलाई नगद सहयोग प्रदान गर्नु भएको छ ।
वालिङ नगरपालिका वडा नम्वर १० का १८ बर्षका किसोर केशव थापाको उपचारका लागि गैह्रेले नगद रु २५ हजार प्रदान गर्नु भएको हो ।
नगद प्रदान गर्दै गैह्रेले केशव थापाको नयाँ मिर्गाैला प्रत्यारोपणका लागि निरन्तर सहयोग गर्ने बताउनु भयो ।
सो अवसरमा परिवारसँगको भेटमा महिला नेतृ कविता तिवारी गैह्रेले किसोरको उपचारका लागि थप सहयोग गर्ने बताउदै मिर्गाैला प्रत्यारोपणका लागि गर्नु पर्ने क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले मिर्गाैला प्रत्यारोपण गरेर बालकको जीवन रक्षा गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
एकेडेमीका प्रमुख गैह्रेले यस अघि पनि आफ्नो जन्मदिन पारेर असहाय,बिरामी तथा बृद्धबृद्धाहरुलाई सहयोग गर्दै आउनु भएको परिवारले जनाएको छ ।
.

यसैबीच १८ बर्षीय किसोर केशवको जीवन रक्षाका लागि उहाँका आमा ईन्द्रा कुमारी खवासको नाममा गरिमा बिकास बैंक वालिङ शाखामा खोलिएको ००१०१३०००००९४५०००००१ नम्वरको खातामा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


