कमला अधिकारीको ‘मुना’ सार्वजनिक

muna

गायिका कमला अधिकारीको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मुना’ बोलको समसामयिक सामाजिक यथार्थतामा आधारित गीत युट्युवमार्फत शनिबार सार्वजनिक भएको हो । 

गीतमा कमला अधिकारीकै शब्द तथा लय रहेको छ । गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडियोमा स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गरेका छन् ।

 दुर्गम गाउँमा हुर्किएकी चेली, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नुपरेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडियो मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ । शिक्षण पेशामा आवद्ध कमला अधिकारी गायन सँगै लेखन कार्यमा पनि सक्रिय छन् । उनको यस गीति कथामा आधारित पुस्तक मुना पनि छिट्टै बजारमा आउँदैछ ।

भिडियाे : भिडियाे हेर्न यहाँ क्लिक गर्नु हाेस् ।

Facebook Comments Box
TOP