स्याङ्जामा १७ सय १० डोज भ्याक्सिन
भवानी अधिकारी/स्याङजा :
कोरोना भाइरस (कोभिड—१९) बिरुद्धको १७ सय १० डोज भ्याक्सिन स्याङ्जाले पाएको छ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोजमध्ये गण्डकी प्रदेश मार्फत सोमबार स्याङजा ल्याइएको हो।
स्याङजाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले सोमबारै १७ सय १० डोज अर्थात १ सय ७१ भायल भ्याक्सिन स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्मालाई हस्तान्तरण गरेका छन्।
भ्याक्सिन यही १४ गतेदेखि १८ गतेसम्म जिल्ला अस्पतालबाट उपलब्ध गराईने र स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सब—ब्यवस्थापक र एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखिएको प्रजिअ बस्नेतले जानकारी दिए।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ३४४ एचआईभी संक्रमित, वालिङ सबैभन्दा धेरै
१ महिना अगाडि
स्याङ्जा : : स्याङ्जा जिल्लामा एचआईभी संक्रमितको संख्या तीन सय ४४ पुगेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म…


