स्याङ्जाका ४ सहित गण्डकीमा थप ५४ जनामा कोरोना पुष्टि, एकको मृत्यु, ७४ जना कोरोनामुक्त ।
स्याङ्जा : सोमबार गण्डकीमा थप ५४ जनामा कोरोना पुष्टि भएको छ ।
आज गण्डकीका १९३ जनामा गरिएको परीक्षण मध्ये थप ५४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका संक्रमित गण्डकीका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरपालिकाका ३६, तनहुँका ३, लमजुङका ३, गोरखाका २, स्याङ्जाका ४, पर्वतका १ र मनाङ जिल्लाका ५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ७ सय ५३ पुगेको छ । जसमा सक्रिय संक्रमित ८५८ छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ७४ जना कोरोनामुक्त भएका छन् । यो संगै, हालसम्म प्रदेशबाट कोरोनामुक्त हुनेको संख्या १३ हजार ७ सय एक पुगेको छ ।
सोमबार पनि गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक स्याङ्जा जिल्ला चापाकोट नगरपालिका -६ निवासी ७७ वर्षीय पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९४ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


