स्याङ्जाका ४ सहित गण्डकीमा थप ५४ जनामा कोरोना पुष्टि, एकको मृत्यु, ७४ जना कोरोनामुक्त ।

स्याङ्जा : सोमबार गण्डकीमा थप ५४ जनामा कोरोना पुष्टि भएको छ ।
आज गण्डकीका १९३ जनामा गरिएको परीक्षण मध्ये थप ५४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका संक्रमित गण्डकीका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरपालिकाका ३६, तनहुँका ३, लमजुङका ३, गोरखाका २, स्याङ्जाका ४, पर्वतका १ र मनाङ जिल्लाका ५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ७ सय ५३ पुगेको छ । जसमा सक्रिय संक्रमित ८५८ छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ७४ जना कोरोनामुक्त भएका छन् । यो संगै, हालसम्म प्रदेशबाट कोरोनामुक्त हुनेको संख्या १३ हजार ७ सय एक पुगेको छ ।
सोमबार पनि गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक स्याङ्जा जिल्ला चापाकोट नगरपालिका -६ निवासी ७७ वर्षीय पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९४ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…