स्याङ्जाका एक महिला सहित गण्डकीमा थप ३ कोरोना संक्रमितको मृत्यु ।

corona update

स्याङ्जा :

स्याङ्जाका एक महिला सहित गण्डकीमा थप ३ कोरोना संक्रमितको मृत्यु भएकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका २ र स्याङ्जाका १ जनाको मृत्यु भएको हो ।

स्याङ्जाको फेदीखोला गाउँपालिका १ का ७४ वर्षे वृद्धाको मृत्यु भएको हो त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ७१ वर्षे वृद्ध, म्याग्दे गाउँपालिका ५ का ७३ वर्षे वृद्धकाे मृत्यु भएकाे हाे ।

योसहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९१ पुगेको छ । ज्यान गुमाउनेमा कास्कीका १ सय ६, तनहुँका २३, नवलपुरका २०, स्याङ्जाका १४, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जना छन् ।

बिहीबार ५७ संक्रमित थपिए । ३२६ स्वाब परीक्षण गर्दा ५ जिल्लामा ५७ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।

योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ४२ पुगेको छ । संक्रमितमध्ये १२ हजार २ सय ५६ जना निको भएका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP