गण्डकी प्रदेशमा ६१ संक्रमित थपिए, २ को मृत्यु ।

coronavirus_pic_web

स्याङ्जा : गण्डकी प्रदेशमा ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका ७ जिल्लामा ६१ संक्रमित थपिएका हुन् ।

थपिनेमा कास्कीका ३८, गोरखाका ७, तनहुँका ६, लमजुङका ५, स्याङ्जाका ३, बागलुङका १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ८३ पुगेको छ । त्यसमध्ये ११ हजार ७ सय ६५ संक्रमित निको भएका छन् ।

मंगलबार थप २ संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार कास्कीका २ संक्रमितको मृत्यु भएको हो ।

पोखरा १२ का ८४ वर्षीय कोरोना संक्रमित पुरुष र पोखरा १ का ७६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ८६ पुगेको छ ।

Facebook Comments Box
TOP