गण्डकी प्रदेशमा ८८ जना संक्रमित थपिए, पर्वतका एक संक्रमितकाे मृत्यु ।
स्याङ्जा : गण्डकी प्रदेशमा सोमबार ८८ संक्रमित थपिएका छन् । ५ सय २१ स्वाब परीक्षण गर्दा ८८ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे । कास्कीका ५३, नवलपुरका १५, तनहुँ र लमजुङका ७/७, स्याङ्जाका ३, गोरखाका २ र पर्वतका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७ पुगेको छ । सोमबार ८१ संक्रमित निको भए । योसहित प्रदेशमा निको हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ ।
यसैबीच, सोमबार १ कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको फेलवास नगरपालिकाका ३८ वर्षे पुरुषको मृत्यु भएको हो ।
योसहित प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ७१ पुगेको छ । कास्कीका ९२, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ संक्रमितको मृत्यु भएको हो ।
गण्डकीमा ५ हजार १ सय २५ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । तीमध्ये ४ हजार ४२ जना होम आइसोलेसनमा छन् ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


