गण्डकी प्रदेशमा ८८ जना संक्रमित थपिए, पर्वतका एक संक्रमितकाे मृत्यु ।
स्याङ्जा : गण्डकी प्रदेशमा सोमबार ८८ संक्रमित थपिएका छन् । ५ सय २१ स्वाब परीक्षण गर्दा ८८ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे । कास्कीका ५३, नवलपुरका १५, तनहुँ र लमजुङका ७/७, स्याङ्जाका ३, गोरखाका २ र पर्वतका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७ पुगेको छ । सोमबार ८१ संक्रमित निको भए । योसहित प्रदेशमा निको हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ ।
यसैबीच, सोमबार १ कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको फेलवास नगरपालिकाका ३८ वर्षे पुरुषको मृत्यु भएको हो ।
योसहित प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ७१ पुगेको छ । कास्कीका ९२, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ संक्रमितको मृत्यु भएको हो ।
गण्डकीमा ५ हजार १ सय २५ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । तीमध्ये ४ हजार ४२ जना होम आइसोलेसनमा छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


