गण्डकीमा कोरोना संक्रमित संख्या १४ हजार नाघ्याे ।
स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । सोमबार थप ७९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमित संख्या १४ हजार १९ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४३८ स्वाब परीक्षण गर्दा ७९ जनामा पोजेटिभ देखिएको हो । सोमबार कास्कीका ३४, नवलपुरका १७, तनहुँका १२, लमजुङका ६, स्याङ्जाका ५, पर्वतका ३, बागलुङ र म्याग्दीका १/१ जनामा पोजेटिभ देखिएको हो ।
सोमबार ५२ जना निको भए । योसहित कुल १२ हजार ९६ जना निको भएका छन् । सक्रिय १७ सय ३६ संक्रमितमध्ये १५ सय ३६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
कुल संक्रमितमध्ये १ सय ८७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कास्कीका १ सय ६, नवलपुर र तनहुँका २०/२०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जना छन् ।
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


