गण्डकीमा कोरोना संक्रमित संख्या १४ हजार नाघ्याे ।

coronavirus_pic_web

स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । सोमबार थप ७९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमित संख्या १४ हजार १९ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४३८ स्वाब परीक्षण गर्दा ७९ जनामा पोजेटिभ देखिएको हो । सोमबार कास्कीका ३४, नवलपुरका १७, तनहुँका १२, लमजुङका ६, स्याङ्जाका ५, पर्वतका ३, बागलुङ र म्याग्दीका १/१ जनामा पोजेटिभ देखिएको हो ।

सोमबार ५२ जना निको भए । योसहित कुल १२ हजार ९६ जना निको भएका छन् । सक्रिय १७ सय ३६ संक्रमितमध्ये १५ सय ३६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १ सय ८७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कास्कीका १ सय ६, नवलपुर र तनहुँका २०/२०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जना छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP