स्कुल अफ डेमोक्रेसी स्याङजाका पदाधिकारीहरूको पदस्थापना ।

School Of Democracy syangja

भवानी अधिकारी/स्याङ्जा :
सरकार, राजनैतिक दलहरु र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रकृयालाई प्रभावकारी बनाउन पु¥याउने उदेश्यले स्थापित स्कुल अफ डेमोक्रेसी स्याङजाका पदाधिकारीकोे पदस्थापना भएको छ ।
नेपाली कांग्रेसका संगठन बिभाग प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पदस्थापन सहित प्रमाणपत्र बितरण गर्नुुभएको हो । पार्टी कार्यालयमा शनिवार आयोजित कार्यक्रममा प्रमुख श्रेष्ठले स्कुल अफ डेमोक्रेसी तालिम केन्द्र भएको बताउदै युवा पुस्तालाई डेमाक्रेसीमा आवद्ध गराई प्रशिक्षित गराउनु पर्नैमा जोड दिनुभयो ।

भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
कार्यक्रममा स्कुल अफ डेमेक्रेसीका केन्द्रीय अध्यक्ष नेनसिंह महरले लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रक्रियाका बारेमा सिक्ने र सिकाउने उपयुक्त फोरमको रुपमा स्कुल अफ डेमोक्रेसीलाई विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । राजनीतिक अधिकार पाए पनि सामाजिक न्यायका पाउन नसकेको भन्दै उहाले सामाजिक न्याय र स्वतन्त्रताका लागि डेमोक्रेसीका भूमिका महत्वपूर्ण रहन बताउनुभयो ।

.


अध्यक्ष ई.अनुप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सागर कुँवरले स्वागत एवं सहसचिव रमेश रोकाले संचालन गर्नुभएको थियो ।
नेपालमा क्रियाशिल राजनितीक दलहरु, सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्यले स्थापित स्कुल अफ डेमोक्रेसी प्रदेश र जिल्ला तहमा पुग्नेगरी आफनो संरचना विस्तार गरेको छ ।
सामाजिक क्रियाकलापका माध्यमबाट प्रजातन्त्र, युवा वकालत, नेतृत्व बिकास, सामाजिक शसक्तीकरण लगायतको क्षेत्रमा काम गर्नेगरी लोकतान्त्रिक मुल्य र मान्यतालाई मुल लक्ष्यमा पुरयाउने जिम्मेवारीकासाथ स्याङजाका सबै पालिका समेटिनेगरी जिल्ला स्तरीय समिति निर्माण गरिएको छ ।

.

Facebook Comments Box
TOP