गण्डकीमा कोरोना संक्रमितकाे संख्या १० हजार नजिक ।

coronavirus_pic_web

स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नजिक पुगेको छ ।

बिहीबार थपिएका दुइ सय जना सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय ३ पुगेको हाे ।

बिहीबार १० जिल्लाका २ सय जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।

कास्कीका ६९, नवलपुरका ४८, तनहुँका ४७, स्याङ्जाका १३, लमजुङका ८, पर्वत र बाग्लुङका ५/५, मुस्ताङका ३, गोरखाका २ र म्याग्दीका १ जनामा पोजेटिभ देखिएको हो ।

याे पनि : वालिङका १२ जना सहित स्याङ्जामा आज थपिए १३ जना कोरोना संक्रमित ।

संक्रमितमध्ये ४ हजार ९ सय ७९ जना निको भएका छन् भने १ सय १४ संक्रमितको ज्यान गएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५१, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ९, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP