गण्डकीमा कोरोना संक्रमितकाे संख्या १० हजार नजिक ।
स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नजिक पुगेको छ ।
बिहीबार थपिएका दुइ सय जना सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय ३ पुगेको हाे ।
बिहीबार १० जिल्लाका २ सय जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
कास्कीका ६९, नवलपुरका ४८, तनहुँका ४७, स्याङ्जाका १३, लमजुङका ८, पर्वत र बाग्लुङका ५/५, मुस्ताङका ३, गोरखाका २ र म्याग्दीका १ जनामा पोजेटिभ देखिएको हो ।
याे पनि : वालिङका १२ जना सहित स्याङ्जामा आज थपिए १३ जना कोरोना संक्रमित ।
संक्रमितमध्ये ४ हजार ९ सय ७९ जना निको भएका छन् भने १ सय १४ संक्रमितको ज्यान गएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५१, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ९, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


