‘दाइँ गर भाइ हाे दाइँ गर’-एक राेचक अनि वास्तविक कथा !!!

Khumkanta Aryal

खुमकान्त अर्याल :

मङ्सिर महीनाको सुरुवात संगै पहाड र तराई तिर धान स्याहार्ने वेलाको बाेली हो “दाइँगर भाइहो दाइँगर, पराल मिची मडाइ गर” । स्थानीय भाषा अनुसार यसमा केही शव्द र लय फरक थियो होला तर भाव एउटै हो, मिँयोमा माल लगाएर धान सितको पराल कुच्दै घुम्ने गोरुलाई फकाएर खेद्ने गर्दा जोस्सिएर सवैलाई काममा उत्साहित गर्ने गीत हाे यो ।

कृषिमा भित्रीदै गरेको प्रविधिको विकास संगै गाेवर माटाेले पाेतेकाे खलोमा गोरुले पराल मिचेर धान झराल्ने दाइँ हाल्ने परम्परा करिव अन्त्य भैसकेको हुंदा हाम्रो समाजवाट यो वाक्य हराउदैछ “दाँई गर भाईहो दाँई गर पराल मिची माड गर” वा ठाँउ अनुसारका अनेक भाका र लयमा दाइँ गीतहरू गाइन्थे । धानको खेतीलाई पानीको अवस्यक पर्ने हुदा धान, पानी लाग्ने खेतमा लगाईन्छ । जेठ अषाढको वर्षाद महीनामा रोपेर कात्तिक मुङ्सिरमा पाके पछि काटेर जम्मा गरेर राखिन्छ, जसलाई खरई वा कुन्यु पनि भनिन्छ ।

यसरी जम्मा गरिएको पराल सितको धानलाइ मुङसिर महीनाको जाडोमा २/४ घडी रात छदै विहानै उठेर सिउ सिउ गर्दै गाँउका गोरु वट्याएर खेत पुगेर मिँयोको दाम्लाकाे मालमा गोरु नारेर धान सितको पराल फिजाई पराल माथि गोरु घुमाएर दाइँ हाली सके पछि धान पराल छुट्टाएर थन्काउने चलन अहिलेको पुस्तालाई कथा जस्तो भैसकेको छ । कृषि कार्य मध्ये दाइँ गर्ने काम अलि सजिलो र रमाईलो पनि हुने गर्दथ्यो । एकातिर वर्ष दिन भरीको लागि पुर्याउने मीठो अन्न थन्काउने काममा मनमा एकखालको उत्साह र आनन्द हुने गर्दथ्यो । गाउँमा अर्म पर्ममा युवा युवती जुटेर दाइँको काम गर्दाको हार्दिकता, पुल्टङमारी खेलेर दाइँको उत्सव मनाउने वालवालिकाको उमंग , दाइँको मीठो घीउ,चिनी अचार सितको खाजा खाना सवै सम्झन लायक थिए । । दाइँ समुहमा मिलेर गरिने काम ंहुदा पनि निकै रमाइलो हुने गर्दथ्यो ।

दाइँमा गोरुहरुलाई धपाउने ,दुकुराएर पराल माड्ने खुसीमा दाँई गर भाईहो दाँई गर पराल मिची माइ गर भन्दै रमाईलो गर्ने गीत भनौ वा थेगो थियो यो । तर आज यो शव्द र संस्कृति हराउदै जाने क्रममा छ । अहिले नत अर्म पर्मका लागि जुट्ने ती युवा दाजुभाई घरमा छन् नत ती गोरुनै छन गाँउमा । सवै कुरा र परिवेश वदलिएको छ । गोरु रिँग्ने खलोमा टेक्टर र थ्रेशंर मशीनले धुवाँ उडाउदै छ ।’

धेरै दिन लगाएर अर्म पर्ममा निर्वाह गरी निशुल्क हुने गरेको खेती, खन खन पैसा नगने सम्म न मुठी उव्जन्छ नत दानोनै अहिले, त्यहीहाे पैसा वुझाएपछि चाँडाे चाही हुन्छ । धान नेपालको मुख्य कृषि पैदावार हो । हाम्रो मुख्य आहार भात भएकोले धानको विशेष महत्व रही आएको छ । चामलवाट भात मात्र होइन धेरै खाद्य वस्तुहरु वनाईन्छ ।

चामलवाट वन्ने खाद्य पदार्थ मीठो र वनाउन पकाउन पनि सजिलो हुन्छ । भात प्रतिष्ठित खानाको रुपमा मानीइ आएको कारणले मात्र होइन पहिला रोटी मकै आँटो ढिडो खाने गरेको भएता पनि हाल सवैले भात खान लागेको हुदा पनि धान चामलको महत्व र माग दिनानुदिन वढ्ने क्रममा छ । धानको धार्मीक तथा सास्कृतिक महत्व पनि वेग्लैछ । हरेक पुजा आजा, श्राद्दमा, दान पुण््यको कार्यमा चामल धान नभै हुदैन । नौवेध्य गराउन, प्रसाद वनाउनको लागि पनि चामलनै चोखो अन्नको रुपमा मानिई आएको छ । अक्षता लगाउन र जन्म मृत्युको संस्कारहरुमा पनि धान चामलको प्रयोग अनिवार्य छ । धान नेपालको प्रमुख खाध्यवाली हो । देशको कुल खेती योग्य भुमि मध्ये करीव २० प्रतिशत भुमिमा धान खेती हुने गरेको छ र करीव कृषि उत्पादन मध्ये धानले २० प्रतिशत स्थान ओगटेको छ । विशेष गरी तराईमा हुने यो खेती भित्री मधेश र पहाडी क्षेत्रमा समेत उल्लेख्य मात्रामा उत्पादन हुने गर्दछ । नेपालमा वार्षिक कुल ६०लाख मेट्रिक धान खपत हुनेमा करिव १० लाख मे.टन आयात हुने गरेको हुदा, धानको उत्पादन वढाएर आत्मनिर्भर हुनको लागि सरकारले सिंचाईको सुविधा, उन्नत मल वीउ वीजनको व्यवस्था, आधनिक खेती प्रणाली, कृषि प्रविधिकको व्यवस्था,कृषि यन्त्रको व्यवस्था तथा अनुदान दिने प्रयास गरीरहेको छ ।

धान खेतीको लागि राष्टिय अनुसन्धान कार्यक्रम समेतवाट उत्पादन वृद्दिको लागि अनेक प्रयास भैरहेको यो अवस्थामा तथ्याँकहरुले उत्पादन वृद्दि हुने क्रममा देखिएको छ । राष्ट्रिय खेतीको रुपमा प्रवर्धन गर्न जनचेतना जगाउने उद्येश्यले असार १५ लाई धान दिवस भनेर मनाउने प्रचलन समेत सुरु गरिएको छ । परम्परागत पद्यति वदलिएर समष्टिमा धानको उत्पादन वढ्रेको देखिएता पनि पहाडी क्षेत्रमा यो खेती महगों र जटिल वन्दै गएको छ । कृषि कर्मको लागि श्रमिकको अभावले ज्याला मंहगो भएको छ । गोरु पाल्न छाडेको कारण हाते टेक्टर र ठुला टेक्टरवाट खेत वारी जोत्ने चलन आएता पनि स साना गरा सुर्कामा धेरै समय लाग्ने गरेको कारण उव्जेको खेतीे किन्न भन्दा महंगो मुल्य पर्न गएको कारणले गर्द खेती गर्ने जाँगर घटदै जान लागेको देखिन्छ । समयमा मल तथा वीउको अभाव हुने , कतिपय वीउ नक्कली भएको कारण फल नलाग्ने जस्ता समस्याहरु कृषकहरुले भोग्दै आएको छन् ।

धानको लागि सिंचाइको अभावमा कतिपय किसानहरु आकासे पानीको भरमा खेती गर्न पनि वाध्य छदै छन् । धान नेपालको प्रमुख अन्न भएको हुदा यसको उत्पादन वढाउनको लागि कृषकहरुलाई संरक्षण गर्ने खालको नीति अझ शसक्त वनाउन आवश्यक भएको छ । पटक पटक मल वीउको अभाव हुने परम्परामा सुधार गर्ने,स साना किसानहरुको हकमा खेती गर्दा कृषि उपकरण मल वीउमा भारी अनुदान दिने, हाल टेक्टर,थ्रेशर मेशीन तथा उपकरणका केही मालिकहरुले अाँफैले कायम गरेको प्रति घण्टाको भाडा दर ज्यादै मंहगो गरेको तथा समयमा पनि अलमल्याउने खालका समस्या देखिएकाे हुदा याे समस्याकाे िनदानमा चासाे देखाइ स्थानीय वडा समिति तथा न.पा. गा.पा.ले कृषि यन्त्रकाे मुनासिव भाडा तोक्ने र वढी लिएमा कारवाही गर्ने पद्दति हुन अावश्यक छ ।

श्रमिकको ज्याला पनि हचुवामा तोक्ने गरिएकोमा कामको मापदण्ड र खुद कामको घण्टाका आधारमा ज्याला निर्धारण गर्ने आवस्यक भएको छ अन्यथा धान उत्पादक कृषकहरुको ऋण वार्षिक वढ्दै जाने छ र दाइँ, धान परालको होइन पैसाको मडाई हुनेछ ।

(लेखक अर्याल नेपाल सरकारका सेवा निबृत अधिकृत हुनुहुन्छ ।)

Facebook Comments Box
TOP