स्याङ्जाका १९ सहित शुक्रबार गण्डकीमा थपिए १३३ जना संक्रमित, ४ जनाको मृत्यु ।
स्याङ्जा : शुक्रबार कास्कीका ६९ सहित गण्डकीमा थप १३३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वस्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीमा ६१५ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअनुसार कास्कीमा सबैभन्दा धेरै ६९ जना, तनहुँमा ६ जना, गोरखामा ९ जना, लमजुङमा २ जना, नवलपुरमा ९ जना, स्याङ्जामा १९ जना, पर्वतमा ८ जना, बाग्लुङमा १० जना र म्याग्दी जिल्लाका १ जनाको रिपोर्ट पोजेटिभ देखिएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ६ सय ८६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा प्रदेशमा ११९ जना कोरोना मुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार ८ सय ५९ पुगेको छ ।
शुक्रबार पनि गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएका संक्रमित पोखरा महानगरपालिका -२ निवासी ५९ वर्षीय पुरुष, पोखरा -३२ का ६६ वर्षीया महिला, पोखरा -७ निवासी ७६ वर्षीया महिला र स्याङ्गजा जिल्ला अर्जुन चौपारी गाउँपालिका -२ घर भइ मणिपाल शिक्षण अस्पतालमा उपचाररत ५८ वर्षीया महिला रहेकी छन् ।
आज पुष्टि भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४८ पुगेको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिनुभयाे ।
याे पनि :
एक हप्ते स्वास्थ्य बिपदको अन्तिम दिन : वालिङमा थपिए नाैं जना कोरोना संक्रमित
स्याङजाकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखरामा निधन
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


