स्याङजाका ५ सहित गण्डकी प्रदेशमा सोमबार थपिए १ सय २९ संक्रमित ।

स्याङजा : गण्डकी प्रदेशमा थप १ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार प्रदेशका ९ जिल्लामा १ सय २९ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका ४७ जना छन् । नवलपुरमा २६, गोरखामा २३ संक्रमित थपिएका छन् । तनहुँमा १३, पर्वतमा ६, स्याङ्जा, म्याग्दीमा समान ५/५ जना लमजुङ र बागलुङमा २/२ संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १ सय ९० पुगेको छ । तीमध्ये ६ हजार २ सय २१ जना निको भएका छन् भने १ सय ४१ को मृत्यु भएको छ ।

भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण

स्याङजामा थपिएका ५ संक्रमित :

वालिङ नगरपालिका-८ का २३ र ३८ वर्षीय महिला र सोही वडाका २२ र ५० वर्षीय पुरुष तथा बिरुवा गाउँपालिका -६ कि ३२ वर्षीय महिला रहेकाछन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP