गण्डकीमा १४० सङ्क्रमित, चारको मृत्यु ।
स्याङजा : गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा नं १७ का ७५ वर्षीया महिला, वडा न २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका–५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।
आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ७७, नवलपरासी९पूर्व० का २२, बागलुङका ११, गोरखाका १०, तनहुँका नौ, स्याङजाका पाँच, लमजुङका तीन, मुस्ताङका दुई र पर्वतका एक जना छन् ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ६८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


