गल्याङमा चापाकाेटका नगरप्रमुख गिरीको भब्य स्वागत, जनता भन्छन,सांसद भएर स्याङ्जा हाक्नुस।

shiva giri

दिबस भण्डारी :

दिपावलीको शुभकामना आदानप्रदान गर्न पुगेका चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीलाई गल्याङ बासिले भब्य स्वागत गरेका छन। गल्याङ नगरपालिका ०९ पकवादीमा नगरप्रमुख गिरीलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका हुन। गल्याङ बासी भन्छन, कुनै पनि ठाउँको बिकासका लागि त्यस ठाउँको जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्छ कि गर्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ।

नगरप्रमुख गिरी चापाकोटका जनताको सुख दुखको साथी भएर कार्य गरेकोले चापाकोटको बिकास द्रुतगतिमा अगाडि बढेको भनाइ व्यक्त गरे।

.

पकवादीका स्थानीय बासी भन्छन,तपाई अबको चुनावमा मेयर होइन सांसद र मन्त्री भएर सिंङ्गो स्याङ्जाको बिकास गर्नुस ।

Facebook Comments Box
TOP