मिर्गौलाको समस्याबाट पीडित किसोर दाजुभाईलाई महिलाहरुले गरे नगद सहयोग ।

वालिङ :
मिर्गौलाको समस्याबाट पीडित किसोर दाजुभाईलाई महिलाहरुले नगद सहयोग गरेकाछन् । वालिङ नगरपालिका वडा नम्वर १० का दाजुभाई किसोरको बिगत एक बर्ष देखि मिर्गौलामा समस्या आएपछि उपचाररत रहनु भएको छ ।
स्थानीय १७ बर्षका शेखर थापा र १८ बर्षका केशव थापाको मिर्गौलामा समस्या आएको र उपचारमा समस्या परेको भन्दै स्थानीय माहाकाली महिला समूहमा आवद्ध महिलाहरुको समूहले नगद संकलन गरेर हस्तान्तरण गरेका हुन् ।
महिलाहरुले एक आपसमा संकलन गरेको २१ हजार सत सय ६५ रुपैया परिवारलाई हस्तान्तरण गरिएको समुहकी अध्यक्ष अम्विका डुम्रेले जानकारी दिनुभयो ।

.


पहिरोबाट पीडित भई बिस्थापित रहेको परिवारका दुई किसोरमा मिर्गाैलाको समस्या भए पछि परिवारमा आर्थिक अभाव भएको भन्दै आफूहरुले सहयोग गरेको स्थानीय महिला सिर्जना पौडेलले बताउनु भयो । उहाँले सबैलाइ आआफ्नो ठाँउबाट सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ ।
महिलाहरुले स्वतस्फुर्त रुपमा संकलन गरेको रकमले थोरै राहत पुग्ने भए पनि वडा कार्यालय तथा स्थानीय सरकारबाट समेत उचित सहयोग प्रदान गर्न समाजसेवी शोभा गैह्रेले आग्रह गर्नु भएको छ ।
दुबै किसोरको उपचारमा सहयोग गर्न चाहानेहरुले उहाँहरुको अभिभावकको नाममा खोलिएका खाता नम्वरहरुमा सहयोग गर्न सकिने परिवारले जनाएको छ । परिवाका अनुशार शेखरलाई सहयोग गर्न चाहानेहरुले उनकी आमा भिम कुमारी खवासको मुक्तिनाथ बिकास बैंकमा रहेको ००२२१६००४३८२२२०००००१ नम्वरको खातामा र केशवलाई सहयोग गर्न चाहने व्यक्तिले उनकी आमा ईन्द्र कुमारी खबासको गरिमा किास बैंकमा रहेको ००१०१३०००००९४५०००००१ खातामा सहयोग जम्मा गर्न सकिने छ ।

.

Facebook Comments Box
TOP