गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस


खुमकान्त अर्याल : अहिंसावादी, आध्यात्मिक र आदर्श राजनेताको रुपमा सन्सारभर परिचित महात्मा गान्धीको जन्म आज भन्दा १४० वर्ष अगाडि सन १८७९ अक्टोवर २ तारीकको दिनमा पिता करम चन्द्र गान्धी र माता कस्तुरवाबाट चौथो सन्तानको रुपमा भारतको गुजरात अन्तर्गत पर्ने पोरवन्दर नगरमा भएको थियो । यिनै महात्मा गान्धीले आफ्रनो जीवनकालमा उच्च आदर्शलाई व्यवहारमा शिद्द गर्दै उनको नेतृत्वमा भारतलाई अङ्रग्रेजहरुको उपनिवेशबाट मुक्त गरेर सन्सारलाई अहिंसावादी सत्याग्रहको मार्ग प्रदर्शन गरे जसलाई हामी  गान्धीवाद  भन्ने गर्दछौ ।

महात्मा गान्धीको यही मानवतावादी दर्शन विश्व शान्तिकै लागि अनुकरणीय भएकोले संयुक्त राष्ट्र संघले उनी जन्मेको दिन २ अक्टोवरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस भनेर मनाउने गरेको छ र भारत र वाँकी कैयन देशमा पनि यसै दिनलाई महात्मा गान्धी दिवस भनेर पनि मनाउने गरिन्छ । भारतमा उनलाई राष्ट्र पिता भनिन्छ । उनीलाइ वापु भनेर पनि भनिन्छ भारतमा ।
    माध्यामिक सम्मको शिक्षा स्थानीय विध्यालयमा सम्पन्न गरेपछि वकिल वन्ने उद्देश्यले कानुन विषय पढ्रनको लागि सन १८८८ मा वेलायतको   युनिभर्सिटी कलेज अफ लन्डनमा गएका महात्मा गान्धी पढाई सकी भारत फिर्ता भएका थिए । भारतबाट उनी वकिल पेषा गर्नको लागि दक्षिण अफ्रिका पुगे ।

त्याँहा गोराहरुबाट भारतीयहरु तथा काला जाति माथीे भेदभाव भएको देखे र स्वयं पनि भेदभावको सिकार हुन पुगे ।  दक्षिण अफ्रिकामा रहेका भारतीय आप्रवासी तथा अफ्रीकी कालाजाति माथी भएका भेदभावका व्यवहार विरुद्र त्यँहा नै सरकारका विरोधमा शान्तिपुर्णरुपमा आन्दोलन गर्न लागेका थिए र यँहिबाट उनको राजनैतिक जीवन सुरुहुन गएको मानिन्छ र यँहीबाट उनीमा समाजको सुधार तथा अङरेजहरुका विरुद्दको भावना जागेको थियो । केही समयको दक्षिण अफ्रिका वसाइ पछि उनी भारत फर्र्किए । भारत फर्किए पछि किसानहरु माथिको शोषण, मजदुरहरुको रक्षा ,चर्को कर,महिला हक अधिकार तथा जातीय भेदभावको अन्त्यकालागि विभिन्न शान्तिपुर्ण अभियानमा उनी सरीक हुन थाले । नुनको कर विरुद्दको पैदल यात्रा, सरकारका कार्यक्रमहरुको असहयोग आन्दोलन, स्वराज तथा भारत छोडो आन्दोलनलाई तमाम भरतीय जनताले साथ दिए  ।

महात्मा गान्धी लगायत भारतीय राष्ट्िय काङ्ग्रेशका तमाम कार्यकर्ताहरु कति पटक जेल परे, धेरै नागरिकहरु राज्यतर्फबाट ज्यान गुमाएर सहीद भए ।  लामो संघर्ष पछि सन १९४७ अगस्ट ८ तारिकका दिनमा अङ्रगरेजहरु शासन छाड्न वाध्य भई भारत अङरेजको औपनिवेशिकबाट मुक्त हुन गयो यसै दिनलाई भारतमा हर्षेल्लास पुर्वक स्वतन्त्रता दिवस भनेर मनाउने गरिन्छ । भारतीय स्वतन्त्रता संग्रामका नायक, अहिंसाका साधक विश्व विख्यात यी महान नेता महात्मा गान्धीलाई पाकिस्तानको विभाजनको विषयलाई लिएर सन १९४८ जनवरी ३० तारिकको दिनमा नात्थु राम गोड्रसेले दिल्ली विरला भवनमा गोली हानी हत्या गरे ।
महात्मा गान्धीको समकालमा सन्सारका धेरै मुलूकहरुमा अङ्रग्रेजहरुको उपनिवेश थियो । तेतीवेला सन्सारका धेरै मुलूकहरुमा परिवर्तनको लागि हिंसात्मक आन्दोलनहरु भैरहेका थिए । तर महात्मा गान्धीले अङरेजहरु संग हतियारको लडाईबाट होइन कि सत्याग्रह, शासकीय संचालनमा असहयोग र भद्र अवज्ञा  गरी नैतिक दवावव दिएर नै उनीहरुलाई भारतीय शासन शत्ताबाट च्युत गरी स्वदेशीको शासन स्थापना गर्न दृढ थिए ।

भारतीय स्वतन्त्रताको लागि अगुवाई गर्ने भारतीय काङ्रग्रेशमा नै उनीको यो विचारमाथी कतपय नेताहरुले विरोध गर्दथे र शसस्त्र क्रान्तीको मार्गलाई अगडि वढाउन चाहन्थे जस्तै शुवाश चन्द्रवोश, सहीद भगत सिं जस्ता धेरै नेताहहरु यसको पक्षमा थिए । भीमराव अमवेडकर पनि  गान्धीको यस शैलीको आलेाचक थिए
  महात्मा गान्धीको भनाई थियो व्यक्ति स्वयंममा नैतिकबान भएपछि उसले गर्ने हर काम अहिंसक हुन्छ, मानवसेवी हुन्छ, स्वालम्वी हुन्छ आत्म निर्भर हुन्छ, । यस्तो भएपछि देशको शासन व्यवस्थामा स्वदेशीहरुको वागडोर हुन्छ यसैलाई उनी स्वराज भन्दथे । महात्मा गान्धीको चर्खा आन्दोलन यहि आत्मनिर्भर राज्यको संकेत थियो ।
 उनी यही कुरामा दृढ थिए र यसरी नै अन्तराष्ट्रिय न्याय र शान्तिपुर्ण समाजको परिकल्पना गर्दथे त्यसैले गान्धीवादी दर्शनको रुपमा चिनिने स्वराज, अहिंसा, उच्च नैतिक व्यवहार मुक्ति र न्यायको लागि मार्गदर्शक वनेको छ । गान्धीकै समकालमा र तेसभन्दा अगाडि धेरै देशहरुमा भएका शसस्त्र क्रान्तिहरुमा करौडौ मानिसको ज्यान गएको थियो । तर त्यही कालमा भारतमा भने माहात्मा गान्धीले नेतृत्व गरेको सत्याग्रहको आन्दोलनमा आन्दोलनकारीबाट व्यक्ति हत्या भएन, अङ्रगरेजहरु नैतिक रुपमा हार्दै गए र भारतीय जनताको जीत भयो ।
   महात्मा गान्धिको यो मार्ग स्वयंमा कुनै दर्शन वा राजनैतिक सिद्दान्त नभएर हिन्दु वर्ण व्यवस्थाको जाति प्रथा र  नैतिक रुपमा वर्णन गरिने अमुर्त कुरा होे भनी आलोचना गर्नेहरु पनि नभएको होइनन ।  चर्खा आन्दोलन अगाडि वढाउनु भनेको नयाँ प्रविधि र ठूला मशीनहरुको विरोध हो, यो विचारले मानिसहरुको आर्थिक र सामाजिक परिवर्तन गरी समामाजिक न्याय, समानता विकास जस्ता कुराहरु हुन सक्दैन भनेर आलोचन गर्नेहरु प्रशस्तै थिए त्यतिवेला । तर महात्मा गान्धीले हरेक मानिसलाई कर्म गरेरमात्र खानु पर्दछ, व्यवहारिक रुपमानै आदर्शवादी र नैतिक वन्नु पर्दछ भन्दै  उनको आश्रममा रहनेहरुले, अनुयायीहरुले  यी नियमहरुको पालना गर्दथे । पुँजीपतिहरुलाई खुसी वनाएरनै उनीहरुको धन गरिवको प्रगतिकोलागि उपयोग गर्न सकिने ‘ट्रस्टी सिद्दान्त’को परिकल्पना गरेका थिए र यसरी धनी गरिव वर्ग वीचको दुरी कम गर्ने विश्वास थियो उनीमा । इमान कायम, गरेर राजनीति संंचालन गर्न सकिन्छ भन्ने कुरा गान्धीले शिद्द गरेरै देखाए ।
महात्मा गान्धीको विचार र सिद्दान्तको अनुशरण गर्दै विश्वका विभिन्न मुलूकहरुमा रङ्रगभेदको अन्त्य, न्याय, शान्ति र समानताको लागि सत्याग्रह र शान्तिपुर्ण आन्दोलनहरु सफल भएका प्रशस्त उदाहणहरु भेटिन्छन । अमेरिकामा मार्टिन लुथर किंग, दक्षिण अफ्रिकामा नेल्सन मोन्डेला र वर्मामा आङसाङ सुकीको नेतृत्वमा भएका आन्दोलन यसका उदाहरणहरु हुन् ।
   । गान्धीवादी दर्शनको प्रभाव नेपालमा पनि नपरेको होइन ।  सकेसम्म अहिंसक वाटोवाट राणा विरुद आन्दोलन गरिएको थियो । विपिको मेलमिलापको नीति, पन्चायत व्यवस्थाको विरुद्द २०४२ सालको नेपाली काङ्ग्रेशको सत्याग्रह आन्दोलन र यस्तै धेरै निशस्त्र आन्दोलनका घटनाहरु उनैका प्रभावहरु हुन् । तुलसी मेहर श्रेष्ठलाई त नेपालका महात्मा गान्धी भनेर पनि भनिन्छ जसले नेपालमा चर्खा अभियान संचालन गरेका थिए र समाज सुधारका कामहरु गरेका थिए ।
  गत  धेरै वर्ष देखी  डा गोविन्द के.सीले स्वास्थ्य नीति र कानुनहरुमा परिवर्तन गरी आम जनताको स्वास्थ्य सुविधाको लागि गरेको अनशन, गोर्खाका कृष्ण प्रसाद अधिकारीको हत्याको छानविन तथा कारवाहीका लागि वावु स्व. नन्द प्रसाद अधिकारीले गरेको अनशन र उनकी पत्नि गंगा अधिकारीले हाल सम्म गरिरहेको सत्याग्रह यसको उदाहरण हो । सत्याग्रह जस्ता शान्तिपुर्ण रुपमा गरिने विरोधको कार्यलाई कमजोर ठानेर हेलाँ गर्ने, विशुद्द मानव सेवाकोलागि खटेका निष्ठावान योद्दाहरुलाई अपमान गर्ने काम कतैबाट हुनु भनेको मानवताको अपमान गरी न्यायको उपेक्षा गर्नु हो । आशा गरौ अगामी दिनहरुमा उनीहरुको सत्याग्रहको सुनवाई हुने छ र आम जनताको न्यायका लागि भएका सवै आग्रहहरु सम्वोधन  हुनेछन् । विश्वमा हिंसा, लोभ, मनोमालिन्य व्यर्थको शस्त्रास्त्रको होडवाजीले मानव असुरक्षित हुदै गैरहेको  व्रतमान अवस्थामा महात्मा गान्धीको यो सिद्दान्त अहिले झन प्रासङ्रिगक हुदै गएको छ । राननीतिमा, समाजमा इमान कायम गरेर पनि संचालन गर्न सकिने महात्मा गान्धीको व्यवहारिक प्रयोगलाई हामीले पनि अनुशरण गर्न सकेमा सवैको कल्याण हुने छ, अहिंसा दिवसले यता तर्फ प्रेरित गर्न सकोस ।

लेखक अर्याल नेपाल सरकारका सेवानिबृत्त अधिकृत हुनुहुन्छ ।

Facebook Comments Box
TOP