स्याङजा सहित गण्डकी प्रदेशमा थपिए ८७ जना सक्रमित , सक्रमितको संख्या ४१ सय नाघ्यो ।
स्याङजा :
गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना सङक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनलायले आइतबार बिहान र दिउँसो गरेर तीन पटक सार्बजनिक गरेको विवरणअनुसार थप ८७ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका सक्रमित का नवलपरासी पूर्वका ५२, तनहुँका १९, लमजुङका ६, कास्कीका ३, स्याङ्जाका २, बागलुङका ३, गोरखाका २ जना रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाकारी दिनुभयो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या ४ हजार १०३ पुगेको छ भने आजसम्म सक्रमितबाट ३३ जनाको मृत्यु भएको छ ।
स्याङजामा थपिनेमा वालिङ र कालीगण्डकीका एक एक जना रहेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


