स्याङजा सहित गण्डकी प्रदेशमा थपिए ८७ जना सक्रमित , सक्रमितको संख्या ४१ सय नाघ्यो ।

Gandaki_Pradesh

स्याङजा :
गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना सङक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनलायले आइतबार बिहान र दिउँसो गरेर तीन पटक सार्बजनिक गरेको विवरणअनुसार थप ८७ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका सक्रमित का नवलपरासी पूर्वका ५२, तनहुँका १९, लमजुङका ६, कास्कीका ३, स्याङ्जाका २, बागलुङका ३, गोरखाका २ जना रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाकारी दिनुभयो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या ४ हजार १०३ पुगेको छ भने आजसम्म सक्रमितबाट ३३ जनाको मृत्यु भएको छ ।

स्याङजामा थपिनेमा वालिङ र कालीगण्डकीका एक एक जना रहेका छन् ।

Facebook Comments Box
TOP