स्याङजा सहित गण्डकी प्रदेशमा आज थपिए एकैदिन १६० जना संक्रमित ।

स्याङजा : गण्डकी प्रदेशमा आज अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि सबैभन्दा धेरै ६ असारमा १ सय ८ जनामा कोरोना पुष्टि भएको थियो । आज नवलपुरमा १ सय, तनहुँमा २८, बागलुङमा १८, लमजुङमा ६, कास्कीमा ४, स्याङ्जा र गोरखामा २/२ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४१ सय ७५ पुगेको छ ।
कुल संक्रमितमध्ये २८ सय ८२ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ७, गोरखाका ६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…