स्याङजा सहित गण्डकी प्रदेशमा आज थपिए एकैदिन १६० जना संक्रमित ।
स्याङजा : गण्डकी प्रदेशमा आज अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि सबैभन्दा धेरै ६ असारमा १ सय ८ जनामा कोरोना पुष्टि भएको थियो । आज नवलपुरमा १ सय, तनहुँमा २८, बागलुङमा १८, लमजुङमा ६, कास्कीमा ४, स्याङ्जा र गोरखामा २/२ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४१ सय ७५ पुगेको छ ।
कुल संक्रमितमध्ये २८ सय ८२ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ७, गोरखाका ६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


