मलमास के कर्म गर्न हुन्छ के हुदैन ? यस्तो छ मान्यता।

ज्यो.चक्रपाणी डुम्रे ( शास्त्री) :
यस वर्ष असोज २ गतेदेखि ३० गतेसम्म मलमास परेको छ। मलमासलाई अधिकमास पनि भनिन्छ । गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ । मलमासलाई पुरूषोत्तम मास पनि भनिन्छ । पौराणिक
मान्यता अनुसार कुनै ग्रह वा देवी देवताले यो मासको अधिपत्य लिन नमानेपछि श्रीकृष्ण भगवान स्वयमले यसको स्वामित्व ग्रहण गरेको हुनाले यसलाई पुरुषोत्तममास भनिएको हो। अधिकमासमा भगवान नारायणको पूजा गरिने र पुरूषोत्तममाहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू जुर्दैन। दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन हुदैन ।
मलमासले गर्दा यस वर्ष दसैं तिहार लगायतका पर्व पछि सरेका छन् ।
” स्पष्टार्कसन्क्रान्तिविहिन चन्द्रो मासोsधिमास: क्षयमासकस्तु।
द्विसन्क्रमस्तत्र बिभागयो: स्तस्तिथेर्हि मासौ प्रथमान्त्यसंज्ञौ।।
– मुहूर्तचिन्तामणि
अर्थात् शुक्लपक्षको प्रतिपदाको आदिबाट अ्मावास्याको अन्यसम्म चन्द्रमासमा यदि सुर्य संक्रान्ति नभए त्यस चन्द्रमासलाई अधिकमास वा मलमास भनिन्छ ।
यदि एक चान्द्रमास भित्र स्पष्ट सुर्य संक्रान्ति दुई पटक पर्न गए त्यो क्षयमास हुन्छ।ज्योतिष शास्त्रका अनुसार ३६५ दिनको एक वर्ष वा १२ महिना हुन्छ । सुर्यको गतिअनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ ।
.

सामान्यतया सैरमासमा संक्रान्ति देखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक पहिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ ।
मलमासमा आफुले गर्ने नित्य कर्म , जप ,ध्यान ,होम ,दान आदि काम भने गर्न हुन्छ त्यस्तै विशेष गरेर पुरुषोत्तम भगवानको स्थापना पूजा र पुरुषोत्तम महात्म्यको कथा श्रवण गरिन्छ ।
विभिन्न काम्य कर्म ,श्राद्ध तथा पितृकर्म, विवाह , व्रतवन्ध, चूडाकर्म ,सप्ताह शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुदैन जस्तो गृह प्रवेश , नयाँ कार्यको थालनी , यात्रा, कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ। अधिक मासमा विवाह गरेमा गृह सुख हुदैन गर्भाधान गरेमा बच्चा
रोगी जन्मन्छ । नव विवाहित दाम्पत्तीहरूकालागि
अधिक मासमा अलग बस्नु राम्रो भान्ने मान्यता रहेको छ। बिवाहा भएको पहिलो वर्षमा आउने महिना आषाढमा घर वा पतिगृहमा बस्ता बुहारीले सासू पिर्ने, पहिलो क्षयमासमा बस्ता आफ्नै शरीरलाई पीडा गर्ने, पहिलो जेठमा बस्ता जेठाजु पिर्ने, पैलो पुसमा बस्ता ससुरालाई पिर्ने पहिलो अधिकमासमा बस्ता पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा वा माइत बस्ता आफ्नै बाउलाई पिर्ने कुरा मुहूर्तमार्तण्ड लगाएतका शास्त्रमा उल्लेख गरिएको छ ।
हाम्रा धर्मग्रन्थहरु हजारौं बर्ष पहिले ऋषि मुनिहरू द्वारा लेखिएका हुन्। हरेक समयको आआफ्नो मान्यता र विशेषता छ्न् । मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ त्यसैले पुरुषोत्तममास वा मलमास कालो समय हो भन्ने कुरा गलत हो। यसका
सकारात्मक पक्षलाई हेरौं, आफ्नो मन, बचन, कर्म शुद्द गरौँ, दान गरौँ, सहयोग गरौँ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…