पहिरोमा परि ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्यष्टी, आफन्तले दिए दागबत्ती ।
गंगाधर खनाल/स्याङ्जा :
पहिरोमा पुरिएर ज्यान गुमाएका एकै घरका आठ जना सहित नौं जनाको रामनदी धाम (राम्दी)मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।
स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदी किनारमा उनीहरुको सामूहिक दाहसंस्कार गरिएको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिनुभयो ।
नौं जनालाई आठवटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको समाजसेवी कुवँरले जानकारी दिनुभयो ।
सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवार भित्रैको कोही पनि नभएपछि माया नेपालीका देवर जीबलाल नेपालीले सबै जनालाई दागबत्ती दिनु भएको कुँवरले बताउनु भयो । उहाँका अनुशार भारतमा रहेका मायाका माईलो छोरा नेपालका लागि हिडिसक्नु भएको छ ।
पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताईसक्नु भएको छ ।
भिडियाे : स्याङ्जा-एउटै चिहान बन्यो एकै परिवारका ९ जनाको, सारै दुखद घटना, परिवारमा बाँचिन एक जना मात्रै
- -जथाभावी सडक खन्दा एउटै चिहान बन्यो ९ जनाको जीन्दगी, आज मात्रै स्याङजामा १० जनाको मृत्यु ।
- -अपडेट : पहिरोले घर पुर्दा वालिङमा नौं जनाको मृत्यु, एक जना गम्भिर घाईते ।
- -वालिङ पहिरो : १० जनाको परिवारमा को को थिए घरमा ?
- -अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै पुरिए ९ जना, बिर्घामा एक जनाको मृत्यु ।
- .

समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


