गण्डकी प्रदेशमा बिहानै थपिए ८ जना कोरोना सङ्क्रमित


स्याङ्जा :
गण्डकी प्रदेशमा थप ८ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा ५ जना महिला र ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार सात सय ६४ं पुगेको छ ।
आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका चार जना र बाग्लुङका दुई जना र नवलपुरका दुई जना रहेकाछन् ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार सात सय ६४ मध्ये एक हजार पाँच सय ५० जना निको भएर घर फर्किएकाछन् भने ५ जनाको निधन भईसकको छ ।
यसअघि हिजो साँझ १७ जना सङ्क्रमित थपिएका थिए । स्याङ्जा सहितका छ जिल्लामा १७ जना सङ्क्रमित थपिएका हुन् ।

भिडियो :

.

Facebook Comments Box
TOP