आज देखि ४ दिन याे वर्षकै बढी पानी पर्ने, के छ सूचनामा !

नेपालका चार वटा प्रदेशमा आज देखि चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्मकै बढी पानी पर्ने अनुमान गर्दै सचेत रहन गृह मन्त्रालयले सूचित गरेकाे छ ।
असार २५ देखि २८ सम्म प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञानले जनाएकाे छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निकालेको प्रेस नोटमा भनिएको छ ।
“असार २५ गतेदेखि असार २८ गतेसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । उसै पनि यो वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेको सन्दर्भमा यो भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको छ । पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीनालामा बाढी आउने सम्भावना छ । लामो वर्षाले पहाडी भेगको भू-भाग गलिसकेकाले कतिपय ठाउँमा पहिरो पनि जान सक्छ। यसबारे चनाखो रहन पनि आग्रह गर्दछौ । यो भारी वर्षाबाट हुनसक्ने सम्भावित जोखिम समेतलाई आंकलन गरी यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ (भाग-१ र भाग-२) तयार पारिएको र उक्त कार्ययोजना गृह मन्त्रालयको वेवसाइट: http://www.drportal.gov.np/ बाट प्राप्त गर्न सकिने व्यहोरा समेत अनुरोध छ । यसलाई मध्येनजर गर्दै विपद्का क्षणमा संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु, विकास साझेदारहरु, सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवम् सम्बद्ध निकाय लगायत विपद् व्यवस्थापनमा खटिने निकायहरु र सर्वसाधारणहरु उच्च सतर्क एवम् सुरक्षित अवस्थामा रहन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हार्दिक अनुरोध गर्दछ । शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । खासगरि १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन विषेश आग्रह गर्दछौ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना भएकाले बेलैमा सचेत रहन अनुरोध गर्दछौं । यी चार प्रदेशका अलावा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहन जरुरी छ । त्यसैले आफ्नो गाउँ, टोल, बस्ती आसपासका खोला नदीको वहावबारे जानकारी लिदै गर्नुहुन अनुरोध छ । अन्तमा, ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं. ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ मा २४ घण्टा सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ । साथै तपाईंको मोबाइलमा आउने एस.एम.एस.मा विशेष ध्यान दिनहुन अनुरोध छ । बाढी, पहिरो, डुबानबारे रेडियो, टेलिभिजनमा आउने सूचना ध्यान दिएर सुन्न पनि हामी आम सर्वसाधारणलाई आग्रह गर्दछौ ।”
.

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…