गण्डकी प्रदेशमा ११ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३७२ पुग्यो

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठन पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही र जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा कास्कीमा  १ जना, गोरखामा दुई जना र नवलपरासी पूर्वमा आठ जना रहेका छन् । 
कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए । 

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ३७२ पुगेको छ । शनिवार बिहान पोखरा महानगरपालिकामा एक जनामा कोरोना संत्रमण पुष्टि भएको थियो । योसहित गण्डकीमा ११ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार १२२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

गण्डकी प्रदेशमा संक्रमण भएर आईसोलेशनमा रहेकाको संख्या २३४ रहेको छ । प्रदेशमा संक्रमण भएका १ हजार ३७२ मध्ये अहिले सम्म १ हजार २०६ पुरुष र १६६ महिला रहेका छन् ।
प्रदेशमा सवैभन्दा धेरै नवलपरासी पूर्वमा ३०६ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १/ १ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा ८२४ जना क्वारेन्टानइमा रहेका छन् । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । 

Facebook Comments Box
TOP