स्याङ्जा सहित गण्डकी प्रदेशमा थपिए सात जना संक्रमित
पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा परीक्षण भएको स्वाबमा ५ जिल्लाका ७ जना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
स्याङ्जा पुतलीबजार नगरपालिकाका १ जना पुरुष,तनहुँ घिरिङ गाउँपालिकाका २ जना पुरुष, पर्वत मोदी गाउँपालिकाका १ जना महिला, बागलुङ तमानखोला गाउँपालिका र गलकोट नगरपालिकाका १ पुरुष र १ महिला, म्याग्दी मालिका गाउँपालिकाका १ जना पुरुष मा संक्रमण देखिएको हो ।
संक्रमित सबैलाई थप उपचारका लागि जिल्ला अस्पतालका आइसोलेसनमा राखिएकाे निर्देशक डा शर्माले बताउनु भयाे ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९९ पुगेको छ ।
प्रदेशका संक्रमितमध्ये ७ सय ७९ जना निको भएका छन् भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


