गण्डकीमा १२ सय २८ मा संक्रमण, ९ सय २५ निकाे

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा २५ जना संक्रमित थपिएका छन् ।
म्याग्दीमा ९, तनहुँमा ३, नवलपुरमा ११, गाेरखा र कास्कीमा १/१ जनामा संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थय निर्देशक डा विनाेदविन्दु शर्माले बताए ।
म्याग्दीकाे बेनी नगरपालिकाका ३ पुरुष, मालिकाका ४ पुरुष, रघुगंगा र मालिकाका १/१ पुरुषामा संक्रमण देखिएकाे छ ।
तनहुँकाे आँबुखैरेनीमा १ पुरुष, भीमादमा २ पुरुषमा काेराेना पुष्टि भएकाे छ ।
नवलपुरकाे कावासाेतीका २ पुरुष, बुलिङटारका ८ पुरुष र १ महिलामा काेराेना पुष्टि भएकाे निर्देशनालयले जनाएकाे छ ।
गाेरखाकाे गाेरखा नगरपालिकामा १ र कास्कीकाे पाेखरा महानगरपालिकामा १ पुरुषमा पनि काेराेना देखिएकाे छ ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |
गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९ सय २५ पुगेको छ भने ३ जनाकाे मृत्यु भएकाे छ ।

समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…