स्याङ्जा-आमाको मायाँ : जोखिम मोलेरै आइसोलेनमा संङक्रमित छोराको स्याहार !
स्याङ्जा :
कोरोना संङक्रमणको पीसीआर नजिता नेगेटिभ भएको ब्यक्ती आइसोलेन कक्षमा बस्छ भन्दा पत्यार सबैलाई नलाग्न सक्छ ।
स्याङ्जाको कालिका सामुदायिक अस्पतालमा अर्जुन चौपारी ४ की १९ बर्षिय एक महिला पीसीआर नजिता नेगेटिभ आउदाँ समेत आइसोलेन कक्षमा पुगेकी छन् ।
भारतको नयाँ दिल्लीबाट नेपाल आएर अर्जुन चौपारी ४ को जनमाबि क्वारेन्टीनमा परिवार सहित बसेका थिए तर तिन बर्षे छोरामा मात्रै कोरोना संक्रमण भेटिएपछि छोराको स्याहारमा बच्चाकी आमा आइसोलेसमा पुगेकी हुन् ।
दिल्लीबाट जेठ ११ गते जिप रिजर्भ गरेर सात जना गाउँ पालिका पुगेकोमा तिन बर्षिय बच्चामा मात्र कोरोना संक्रमण फेला परेको होे ।
जेठ १३ गतेबाट क्वारेन्टीनमा बसेको परिवारबाट १८ औ दिनमा संक्रमण भेटिएको बताउदै आमाले सानो छोरोको लागि जोखिम मोलेर आइसोलेसनमा आएको बताईन ।
रोगको जोखिम भन्दा पनि छोरोको मायाँ लागेको बताउदै उनले कारोना संक्रमितको ठुलो समुहमा बस्नु परेकोमा दुखेसो गर्नुभयो ।
१८ औ दिन सम्म कोरोनाको कुनै संङक्रमण आफुमा नभेटिएको बताउदै दिल्लीबाटै सुरक्षित आउँदा छोरोमा मात्र कसरी संक्रमण भयो बिस्वास नलागेको उनको भनाई छ ।
आइसोलेनमा राखिएका तिन बर्षीय बालकमा कुनै समस्या र लक्षण नरहेको तथा आफुमा समेत कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिएको आमाले बताईन ।
छोरामा कुनै लक्षण पनि नभएको बताउदै आइसोलेनमा ट्वाइलेट र धारा संङक्रमितसगै प्रयो गर्दै आफुमा पनि संङक्रमण हुन सक्ने चिन्ता बालककी आमाको छ ।
अस्पतालमा पुगेको चार दिन सम्म कोही डाक्टर र नर्सहरु बुझ्न हाल सम्म नआएको बताउदै परियारले खाना समेत दाल, भात र तरकारीमात्र रहेको बताउनुभयो ।
कारोना नेगेटिभ भएर संक्रमित सगै आइसोलेनमा बसेकी उनले स्वाब लिएर कोरोना भाइरसको फेरी परिक्षण गरिदिन आग्रह गरेकीछन् ।
क्वारेन्टीइनमा हुदाँ छोरालाई दुध दिने गरेको बताउदै आमाले आइसोलेनमा ब्यवस्था भएको र ब्यवस्था गरिदिन आग्रह गरिन ।
कोरोना संक्रमितलाई एक दिन बिराई अण्डा दिने गरेको बताउदै अस्पतालका प्रसासकीय अधिकृत छायाँदत्त रेग्मीले डाक्टर नर्स भने कुनै समस्या रहेमात्र बिरामीसगँ पुग्ने बताउनुभयो ।
कालिका आइसोलेन अस्पतालमा अहिले दुई तलामा ५२ जना बस्दै आएका छन् भने कोरोना नेगेटिभ आमा सहित २२ जना संङक्रमित बस्दै आएका छन् ।
यहाँ जेठ १३ गतेबाट संक्रमण देखिन थालेकोमा हाल सम्म ६४ जना पुगेको छ भने सात जना कारोना जितेर घर फर्केका छन् । कोरोना भाइरसका कारण स्याङ्जाका ५८ बर्षिय एक जनाको पोखरा मृत्यु भएको छ ।
स्याङ्जामा थपिए ४ जना संक्रमित संक्रमितको संख्या ६४ पुग्यो ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…