गण्डकी प्रदेशमा ६ बर्षका बालक सहित ५ जनामा कोरोना संक्रमण,संक्रमित १९७ पुगे ।

स्याङ्जा :
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा सङ्क्रमण पुष्टि भए सँगै गण्डकीमा सङ्क्रमितको संख्या १९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपिनेमा पर्बतका ४ जना र नवलपरासी पूर्वका १ जना रहेका छन् ।
पर्बतको कुस्मा नगरपालिकाका ६ बर्षका बालक र १७ बर्षकी महिलामा कोरोना पुष्टी भएको छ त्यस्तै जलजला गाँउपालिकाका १७ बर्षका पुरुष र महाशिला गाँउपालिकाका १६ बर्षका एक पुरुष रहेकाछन् ।
त्यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्बको मध्यबिन्दु नगरपालिकाका ४५ बर्षका पुरुषमा पनि संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
नयाँ सङ्क्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकीका १९७ जना सङ्क्रमित मध्ये ११ जना निको भएका छन भने १ जनाको ज्यान गएको छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…