स्याङ्जाका १० सहित गण्डकी प्रदेशमा थपिए १९ जना संक्रमित

स्याङ्जा :
गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन ।स्याङ्जामा १०, बागलुङमा ५, कास्कीमा २, नवलपुर र तनहुँमा १÷१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
स्याङ्जामा थपिनेहरुमा चापाकोट नगरपालिकाका ६ जना गल्याङ नगरपालिकाका ४ जना रहेकाछन् ।
तयस्तै कास्कीका २ संक्रमितमध्ये १ पोखरा महानगर र मादी गाउँपालिकाका १÷१ जना रहेका छन् ।
बागलुङका संक्रमितमध्ये गलकोट नगरपालिकाका ३ जना, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकाका १÷१ जना छन । नवलपुरका संक्रमित गैंडाकोट नगरपालिका र तनहुँका संक्रमित व्यास नगरपालिकाका हुन ।
आईतबार बिहान मात्रै गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ । ४९ जना निको भएकाछन् १ जनाको निधन भएको छ ।
.

समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…