नेपाली काँग्रेस वालिङ नगर/वडाहरुको समायोजन

तोलाकान्त बगाले/वालिङ :

नेपाली काँग्रेस वालिङ नगर कार्यसमिति तथा नगरका १४ वटै वडामा वडा कार्य समितिको समायोजन गरिएको छ ।

स्थानीय तह संगठनको अन्तरिम ब्यवस्था निर्देशिका २०७६ ले ब्यवस्था गरे बमोजिम नेपाली काँग्रेस वालिङ कार्यसमिति र १४ वटै वडामा समायोजन गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य एवं वालिङ नगर समायोजन समितिका संयोजक अर्जुनप्रसाद खनालले बताउनुभयो ।

नेपाली काँग्रेस क्षेत्र २ को प्रदेश सभा क को आयोजनामा आज वालिङमा भएको भेलाले नेपाली काँग्रेस वालिङ नगर कार्य समितिको समायोजन गरेको हो भने वालिङ नगर कार्य समितिले १४ वटा वडाको समायोजन गरेको संयोजक खनालले जानकारी दिनुभयो ।

आज सम्पन्न समायोजनबाट नेपाली काँग्रेस वालिङ नगर सभापतिमा दिलिपप्रताप खाँण हुनुहुन्छ । त्यस्तैगरी उपसभापतिमा भीमलाल सुबेदी, सचिवमा भुपराज बगाले, टिकाराम तिवारी, कोषाध्यक्षमा टिकाराम डुम्रे हुनुुहुन्छ भने सदस्यहरुमा कृष्ण गिरी, सरिता पौडेल, राजु तिवारी, यज्ञ अधिकारी, दिपेन्द्र अर्याल, हिमनिधी पंगेनी, सीता थापा, शान्ता थापा, केशरबहादुर कुँवर, विष्णु सुबेदी रहनुभएको छ ।

त्यस्तैगरी नगर कार्यसमितिको आजको बैठकले नगरका १४ वटै वडाको समायोजन गरेको छ । स्थानीय तह संगठनको अन्तरिम संगठन निर्देशिका २०७६ ले ब्यवस्था गरे बमोजिमका वडा तहहरुमा सभापतिहरुको समायोजन गरिएको हो । वडा कार्यसमितिको पूर्णताका लागि स्थानीय तह संगठनको अन्तरिम ब्यवस्था निर्देशिका २०७६ बमोजिम रहने गरी सर्वसम्मतरुपमा निर्णय गरिएको हो ।

वडा सभापतिहरुको समायोजनसँगै वालिङ १ मा गुणनिधी काफ्ले, २ मा पोतप्रसाद लम्साल, ३ मा ढलबहादुर गुरुङ, ४ मा हरिकिसन गुरुङ, ५ मा ढाकाराम पंगेनी, ६ मा मुक्तिप्रसाद पाण्डे सभापति, सहसभापति खेमबहादुर अर्याल, ७ मा बखतबहादुर गुरुङ, ८ मा कमलप्रसाद सुबेदी सभापति, सहसभापतिमा गनबहादुर गुरुङ, ९ मा कृष्णप्रसाद पंगेनी सभापति, सहसभापतिमा यामकान्त गैह्रे, १० मा नेत्रप्रसाद सुबेदी, ११ मा टिकाराम पराजुली सभापति, सहसभापतिमा तारकबहादुर थापा (कृष्ण), १२ मा श्याम गुरुङ, १३ मा चण्डीप्रसाद पाठक सभापति, सहसभापतिमा पारिश्वर न्यौपाने र १४ मा होमबहादुर खाँण सभापतिमा सर्वसम्मतरुपमा समायोजन हुनुभएको हो ।

नगर तथा वडा समायोजन कार्यक्रममा बोल्नुहुँदै नेपाली काँग्रेस पूर्व जिल्ला सभापति एवं पूर्व सांसद खगेन्द्रराज रेग्मीले नेपाली काँग्रेसको संगठनलाई अझै मजबुत बनाएर अगाडि बढाउँदै आगामी निर्वाचनमा पहिलो पार्टीकोरुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश क को भेला नेपाली काँग्रेस प्रदेश क का सभापति अर्जुनप्रकाश अर्यालको सभापतित्वमा र नगर कार्यसमितिको भेला नगर सभापति दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन प्रदेश क का सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP