पशु पालनमा घाँसको महत्व ।

सुशिल अर्याल , अधिकृत पशु सेवा शाखा गल्याङ न पा स्याङ्जा :

महत्व :

हाम्रो देशमा कृषि पेशामा पुशपालनको महत्व अपरिहार्य रहेको छ किनभने पशुपालन व्यवसाय हाम्रो सामाजिक तथा धार्मिक रुपमा मात्र आवद्ध छैन कि आर्थिकस्तर उकास्नमा पनि दैनिक जिबनसग आवद्ध रहेको छ । नेपालको परम्परागत कृषि प्रणाली खाद्यान्नवाली उत्पादनमा आश्रित रहेकोपाइए तापनि पशु पपालन व्यवसायले कृषि खेती गर्नको लागि चाहिने शक्ति,मल,आयआर्जन र पोषणको आपूर्ति गर्र्न गर्दछ । राष्ट्र्यि अर्थतन्त्रमा कुल कृषि क्षेत्र बाट ४५ प्रतिशत सहयोग पुगेको छ भने पशु पालनले करीव १५ प्रतिशत सहयोग गर्दै रहेको छ भन्ने कुल कृषिजन्य उत्पादनको करिव ३१ प्रतिशत स्थान पशुपालन व्यवसायले आगटेको देखिन्छ । तर हाम्रो देशको हरेक व्यक्तिलाई आवश्यकता अनुसारको पशुजन्य उत्पादनको आपूर्ति भैरहेको छैन । जसको विभिन्न कारणहरु छन् । जस्तो एकातिर जनसंख्याका वृद्धिले पशुहरुको चरिचरन अन्न उत्पादनमा परिणत हुनु,उन्नत नश्लहरुको पशुपंक्षी पालन प्राविधिक अभाव वा अज्ञानता तथा पौष्टिक पशु आहाराको आपूर्ति नहुनु आदि ।

चरन र पशुसंख्याको चाप : हाम्रो देशमा जनसंख्याको बृद्धिदर २.२५ प्रतिशतले भैरहेको छ तर यसको अनुपतमा पशुजन्य उत्पादनको वृद्धि भैरहेको छैन । जसको मुख्य कारण हुन पशु आहारा उत्पादन गर्न जग्गाको अभाव हुनु । यानी अज्ञानताले खेर पर्ति जग्गाको प्राविधिक कमीले सदुपयोग नहुनु ।

हाम्रो देशको कुल क्षेत्रफल १४७१८१०० हेक्टरमध्ये २२.२७ प्रतिशत अर्थात ,४१,४२,१०० हेक्टर जमिन खेतीयोग्य छ उक्त जग्गा मध्य १०,३०,००० हेक्टर जग्गामा खेती योग्य भए पनी खेती गरीएको छैन माने s३०,९१,००० हेक्टर जग्गामा मात्र खेती गरीएको छ । जसवाट कृषकहरु मुख्यतः अन्नवाली उत्पादन गरि रहेको पाइन्छ । हाम्रो देशमा हालको तथ्यांक अनुसार पुशहरुको संख्या भैसी ५१,७७,९९८ गाई ७३,४७,४८७ भेडा ८,१२,०८५, बाख्रा १,६६,५४,८५६ छ भने दुध दिने गाई १०,२९,५२९ र दुध दिने भैसी १५,०९,५१२ गोटा छन जस मध्य गाई भैंसी को दुध १९,११,५२९ मे टन लिटर० उत्पादन हुने गरेको देखिन्छ, उक्त उत्पादित दुध बाट प्रति बर्ष प्रति ब्यक्ती ५० लिटर पुर्ति हुने गरेको देखिन्छ । हाम्रो देशको सुगम क्षेत्रहरुमा घासको खेती कूल खेतीयोग्य जग्गाको अनुपातमा घास खेतीले ओगटेको क्षेत्र ज्यादै नगण्य (०.३प्रतिशत) पाइन्छ । जवकि विकसित देशहरु जस्तो अमेरिकामा खेतीयोग्य जग्गाका, करिव ३५ प्रतिशत र भारतमा करीब ५ प्रतिशत भुभागमा खेती गरिन्छ भने ९० प्रतिशत जग्गामा खेति गर्न चलनले न्यूजिलैण्डलाई भेडा र गाईको देश नै भन्ने गरेको पाइन्छ ।

लेखक-अर्याल ,घाँसको अवस्था नियाल्दै

नेपालमा पशुपालन क्षेत्रको बिकासको लागी बिभिन्न कार्यक्रमहरु संचालन गरीदै आएको भए पनी पशु बस्तुलाई चाहिने मात्रामा पशुआहारा पु¥याउन सकिएको छैन । तराई क्षेत्रमा चरन क्षेत्रको अभाब छ, त्यस क्षेत्रमा हरीयो घांसको समेत अभाब रहेकोले छ भने उच्च पहाडी क्षेत्रमा अब्यबस्थित र अनियन्त्रित चरीचरन प्रणलिनै त्यस क्षेत्रको मुख्य समस्या रहदै आएको छ । मध्यपहाडी क्षेत्रमा गाई बस्तुको बढी चाप, अपर्याप्त र अब्यबस्ति चरनक्षेत्रले गर्दा यस क्षेत्रमा रहुका पशु पालकहरुले अन्य क्षेत्र भन्दा बढी पशुआहाराको अभाब भोग्दै आएको छ । समष्टिगत रुपमा नेपालमा पशुआहारा ३४ प्रतिसत नपुग रहेको छ । त्यकारण पशुपालन ब्यबसाय बाट आसागरेअनुसार फाईदा हासिल गर्न सकिएको छैन ।

वातावरणीय असर :

वातावरण हाम्रो जीवन हो, वातावरणको दुर्दशा हाम्रो आप्mनो दुर्दशा हो भन्ने कुरा नवुझ्दा हामी आज आफुले खनेको खाडलमा भासिदै छौ । जसको मुख्य कारण हो प्राविधिक अज्ञानता र गरीवी । अज्ञानताले नै निर्मूठ हुने गरी चरनको अभाव हुनु, डाले घासको खेती नगर्नु र वनजगंलको स्याउला,पात पशुहरुलाई खुवाउंदा

  1. वनजंगल विनास हुने गरी पहिरो जाने,भु–क्षय हुने,
  2. अतीबिश्टी र अनावृष्टिको समस्याले कृषिजन्य उत्पादनमा ह्रास हुने आदि ।

पशु आहाराको महत्व :

पशु विकासको लागि नभै नहुने एउटा महत्वपूर्ण पक्ष पशु आहारा हो जुन हालको अवस्थामा अपर्याप्त छ । खास गरी हिउद सिजनमा धेरै जसो घासहरु सुख्खा हुन्छन वा लेकाली भेग हिउले ढाकेको हुन्छ । यसर्थ पशुहरु भने समयानुसार हरियो घास उनीहरुको स्वास्थ्य र उत्पादनको दृष्टिकोणमा त्यति कै महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा जहिलेसम्म पौष्टिक हरियो घास गाईवस्तुलाई उपलव्ध हुदैन,पशुहरुवाट पशुजन्य उत्पादन आवश्यकता अनुसार मानिसलाई एकातिर आपूर्ति हुदैन जसले गर्दा मानिसमा पौष्टिक तत्वको अभावले विभिन्न समस्या उत्पन्न हुन्छ भन्ने वातावरणमा पनि हरियो वन जंगल (चरन, डालेघास) को कमीले अत्यधिक प्रभाव पर्दछ । जसले गर्दा विभिन्न समस्या विसगंति देखिन्छ जस्तो भु–क्षय, खडेरी, अतिवृष्टि, अनावृष्टि आदि ।

Facebook Comments Box
TOP