शाह बंशिय कुलदेवताको मन्दीर ‘आलमदेवी’ अब हुलाक टिकटमा ।
आँधीखोला खबर /स्याङ्जा :
शाह बंशिय कुलदेवताको रुपमा परिचित आलमदेवी मन्दीरको तस्वीर अंकित हुलाक टिकट सन्चालनमा आउने भएको छ ।
कालीगण्डकी गाँउपालिका वडा नम्बर ३ मा रहेको आलमदेबी मन्दिरको तस्वीर अंकित हुलाक टिकट यही कार्तिक २२ गतेवाट टाँचा लगाइदै छ । हुलाक टिकटमा नेपाल सरकारका प्रवक्ता, सुचना प्रबिधि तथा संचार मन्त्री गोकुल बास्कोटाले टाँचा लगाउने कार्यक्रम रहेको आलमदेबी मन्दिर पुजा ब्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंग रानाले जानकारी दिनुभयाे ।
हरिबोधनी एकादशीको दिन २२ गते बिहान ८ बजे हुने कार्यक्रममा मन्त्री बास्कोटा संगै भूमि ब्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्री पदमा अर्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्प कडेल , नेपाल सरकारका मुख्य सचिब लोकदर्शन रेग्मी, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, रक्षा मन्त्रालयका सचिब रेश्मीराज पाण्डे , सुचना प्रबिधि मन्त्रालयका सचिब महेन्द्रमान गुरुङ्ग, हुलाक बिभागका महानिर्देशक देबी प्रसाद ज्ञवाली लगायतको उपस्थिती रहने जनाइएको छ । कार्यक्रममा सहभागीताका लागि स्थानीय सरकार, राजनैतिक दलका प्रमुख, महिला एबम् यूवासमुह लगाएत सम्पुर्ण महानुभाबहरुमा अनुरोध गरिएको मन्दिर पुजा ब्यवस्थापनि समितिले जनाएको छ ।
नेपाल सरकारका मन्त्रीले हुलाक टिकटमा टाँचा लगाएपछि आलमदेबी मन्दिरको तस्बिर अंकित हुलाक टिकट बजारमा आउने छ ।
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


