चाडपर्बका बेला स्याङ्जामा यात्रुलाई सास्ती, घण्टौं कुर्दा पनि पाईदैन गाडि ।

सुशील सुबेदी/स्याङ्जा :
हातमा बच्चा समात्दै सबारी साधनको प्रतिक्षामा वालिङ मिर्दी चोकमा एक महिला बसेको एक घण्टा भयो । स्मार्ट सिटीको रुपमा अगाडि बढिरहेको वालिङले बिकासको लागि राजमार्ग फराकीलो बनाउने काम गरिरहेको छ जसका कारण राजमार्ग धुलाम्य छ । धुलोबाट बच्न उनी एक हातले मुख छोप्दै थिईन् भने अर्को हातले बच्चा समाउँदै । चापाकोट दामाचौरकी पुष्पा पोख्रेल दसैँ मानेर घरमा फर्किदै थिईन् । पोख्रेल भन्छिन् , ‘गाडी आउँछ , सिट हुँदैन । छतमा बच्चासँग कसरी यात्रा गर्ने हो । ’


पोख्रेल जस्तै सयौँै मानिस चापाकोटको सानो जिप कुर्दै थिए । एक जिपमा २० जना सम्म यात्रा गर्नु सामान्य थियो । यस्तै दृश्य स्याङजाका बिभिन्न ग्रामीण सडक खण्ड देखि राजमार्गमा देखिन थालेको छ । दशैँको समापन सँगै गन्तब्यमा जाने यात्रुलाई सास्ती हुन थालेको हो । सबारी साधनको संख्यामा बृद्धी नहुने तर यात्रुको संख्यामा बृद्धी भएको कारण यात्रुले गल्लीमा बस्ने मात्र होईन छतमा समेत जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ग्रामीण श्रेत्रबाट सिद्धार्थ राजमार्ग ओर्लेर गन्तब्यमा जाने यात्रुहरु ५ घण्टाम सम्म सबारी साधनको पर्खाईमा रहेका छन् । सबारी साधनको पर्खाईमा रहेका यात्रु पसलका पेटीमा निदाउने गर्दछन् । तँ छाड मछाड गर्दै यात्रुहरुले सिट खोज्दै गरेको यो दृश्य अहिले स्याङजाको चोक चोकमा देख्न सकिन्छ ।
ग्रामीण श्रेत्रबाट जसो तसो जोखीमपुर्ण यात्रा गरेर आयो राजमार्ग आएपछी त सिट पाईन्छ भनेको सबारी साधन कुर्दा नै ५ घण्टा लाग्यो पर्बतबाट आएका एक यात्रुले भने । ५ घण्टा सम्म सिद्धार्थ राजमार्गमा बस कुर्दा खुट्ठा राख्ने ठाउँछैन पर्बत उराम खोरपोखराका बिबेक काफ्लेले बताए । उनले एक महिला एक पसलको पेटीमा सुतेको दृश्य देखाउँदै भने , ‘उ त्यो आमा सबारी साधन कुर्दा कुर्दै पेटीमा निदाएको पनि एक घण्टा भयो । ’
‘न यात्रा सुरक्षित छ न त समयमा गन्तब्यमा पुग्न सकिन्छ ’, भकुण्डेमा सबारी कुर्ने यात्रुको सामुहीक स्बर थियो । दैनिक एक हजार भन्दा बढी सबारी साधन ओहोर दोहोर गर्ने सिद्धार्थ राजमार्गमा अहिले खोचाखोच यात्रु चढ्ने र ओर्लने गर्दछन् ।
राजमार्गमा मात्र होईन ग्रामीण सडक खण्डमा त अझै जोखिम छ । सानो महिन्द« जिप ५ जनाको सिट पास तर यात्रु भने २० भन्दा बढी हुन् गर्दछन् । यस्तो सबारी साधन दुर्घटनामा पर्दा कस्ले जिम्मा लिने हो न यात्रुलाई थहा छ न त सबारी धनीलाई नै ।

बिशेष गरी स्याङजाको नाउँडाँडा , बाडखोला , पुतलीबजार घुम्ती , बयरघारी , मिर्दी , वालिङ , बायँटारी , गल्याङ , जिरो लगाएतका स्थानमा सबारी साधनको प्रतीक्षामा बस्ने यात्रुहरुले गन्तब्यमा पुग्न घण्टौँ सम्म सबारी साधनको पर्खाईमा रहनु पर्ने बाध्यता छ । सबारी साधनको संख्या कम भएको कारण छतमा यात्रा गर्न बाध्यता रहेको यात्रुहरुको गुनासो छ ।  
सबारी साधनको संख्यामा बृद्धी नहुनु तर यात्रुको संख्यामा बृद्धीहुनुले जोखीमपुर्ण यात्रा गर्दा असुरक्षीत भएपनी गन्तब्यसम्म पुग्न सबारी साधनको गल्लीमा , छतमा यात्रा गर्ने पाईएको छ । यस्ता चाडपर्बमा सबारी साधनको संख्या बढाउन बिभिन्न बस तथा जिप व्यवसायी समितीले ध्यान दिन जरुरी देखिन्छ । 
Facebook Comments Box
TOP