महाकवि देवकोटाको जन्मजयन्ती : समाज परिवर्तनमा देवकोटाको एउटै वाक्यांस काफी ।

नारायण विश्वकर्मा/गल्याङ् :
गल्याङ नगरपालिका उपप्रमुख देवीसरा थापा मगरले समाज परिवर्तनका लागि देवकोटाको एउटै वाक्यासं काफी हुने बताउनु भएको छ । स्याङ्जाको गल्याङमा जगत्रदेवी साहित्य संगमले आयोजना गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्तीलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उप प्रमुख थापा मगरले देवकोटाको यहि वाक्यांसलाई व्यावहारमा उतार्न सके समाजमा रहेका कुरुती, कुसंस्कार र विकृति अन्त्य भएर जाने भन्दै सच्चा श्रद्धाञ्जली हुने पनि स्पष्ट पार्नु भयो ।
‘देवकोटाले व्यक्तिगत जीवनलाई भन्दा सामाजलाई प्राथामिकता दिए ।’ थापा मगरले भन्नुभयो, ‘उनकोे स्वच्छ मन थियो, यहि भावना सवैको मनमा विकास हुन सके सामाज रुपान्तरण हुन समय लाग्दैन ।’


कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव मिलन समिर, भेषराज साहित्य प्रतिष्ठानका सचिव श्याम प्रसाद ढुङ्गाना, जगत्रदेवी साहित्य संगमका उपाध्यक्ष नारायण प्रसाद अधिकारी, सह–सचिव डिल्लराज भण्डारी, साहित्यकार सम्भु अर्याल लगाएतले देवकोटामा समर्पित कविता वाचन गरेका थिए । संगमका सचिव लिलावल्भ अर्यालले देवकोटाको योगदान र उनको कृतिका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि इकाई समिति गल्याङका सभापति लक्ष्मण प्रसाद भट्टराई, गल्याङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लेखनाथ भट्टराई, नेपाल उत्पीडित दलित विकास समितिका अध्यक्ष कुल वहादुर विश्वकर्मा लगाएतले देवकोटाका कृतिले समाजमा पारेको प्रभाव वारे चर्चा गरेका थिए ।
जगत्रदेवी साहित्य संगम गल्याङका अध्यक्ष सुर्य प्रसाद डुम्रेले कार्यक्रमको समापनि गर्दै महाकवि देवकोटाको सम्मान गर्न सके युगले हजारौँ देवकोटा जन्माउन सक्ने सम्भावना हुने बताउनु भयो । उहाँले नेपाली साहित्यको आकाश अझ फराकीलो र विस्तृत बनाउन देवकोटाले सघाएको भन्दै देवकोटाकै कारण विश्व साहित्यमा नेपाली साहित्यको नामरोशन भएको दावी गर्नुभयो ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो । दस वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत देवकोटाले महत्त्वपूर्ण योगदान दिनु भएको थियो ।
विसं २०१६ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नू र गराउनू र वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नु भएका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो । देवकोटाको कविप्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदानको चर्चा आज पनि हुन्छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता मानिन्छ ।
कार्यक्रमको संचालन साहित्य संगमका सचिव चण्डीका प्रसाद भट्टराईले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP