संविधान दिवस : आँधीखोलामा साहसिक जलयात्रा शुरु (फोटोफिचर सहित) ।
राधाकृष्ण डुम्रे/स्याङ्जा
स्याङ्जाको पहिचानको रुपमा रहेको धार्मिक एवं पौराणिक किंवदन्तीसँग जोडिएको आँधीखोलामा आज साहसिक जलयात्रा गरिएको छ । ‘पहिला देश अनिमात्रै विदेश’ भन्ने मुल नाराका साथ नेपालको संविधान दिवसका अवसरमा वण्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहकार्यमा भीरकोट १ हेलुदेखि वालिङ १३ बायँटारीसम्म जलयात्रा शुरु गरिएको हो ।
संस्थाको अगुवाईमा विगतका वर्षमा पनि आँधीखोलामा सफल जलयात्रा गरिसकिएको संस्थाका कार्यबहाक अध्यक्ष आशिषप्रताप खाँणले जानकारी दिनुभयो । यसवर्ष पनि संविधान दिवसको अवसरमा दुई दिन कार्यक्रम सञ्चालन भईरहेको हो ।
संविधान दिवसका अवसरमा आयोजना गरिएको सहासिक जलयात्रालाई वालिङ नगरपालिकाले सहकार्य गरेको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । जलयात्र भोलि पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
फोटो फिचर – (प्रसुन सिंजाली मगर/राजकुमार गुरुङ/गणेश राउत)





समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


