कक्षा सातमा पढ्ने विद्यार्थीले सोधे ‘बाहुनको छोराले कसरी वंगुर पाल्न थाल्नु भयो ?’

जिल्ला मै उदाहरणीय छन् वंगुर पालक कृषक लुईटेल ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
कक्षा सातमा पढ्ने विद्यार्थीले बाहुनको छाराले कसरी वंगुर पाल्न सक्नुभयो भन्ने प्रश्न सोधेपछि वालिङको ईन्द्रणी वंगुर पालन उद्योगका सञ्चालक एकै छिन अकमकाउनु भयो । प्राय समाजमा यस्ता प्रश्नको समाना गरिरहनुभएका सञ्चालक भिम लुईटेल सानो कक्षामा पढ्ने विद्यार्थीले समेत यस्तो जिज्ञासा राखे पछि अकमकाउनु भएको हो । लुईटलले हाँसेर विद्यार्थीलाई जवाफ दिनुभयो ‘कुनै वेला समाजमा निक्कै असहज महशुस भएको थियो अहिले त सामान्य भईसक्यो ।’
वालिङ्को साईनभिलेज स्कुलमा कक्षा ६ र ७ मा पढ्ने विद्यार्थीहरु स्थानीय कृषि/पशु उद्योगको अवलोकनका लागि ईन्द्रणी वंगुर पालन उद्योगमा पुगेका थिए । उनीहरु मध्ये धेरैको प्रश्न सामाजिक रुपमा कस्तो महशुस गर्नु भएको छ भन्ने थियो भने केही विद्यार्थीले आम्दानी ,सरकारको सहयोग, बजारको अवस्था लगायतका बारेमा जिज्ञासा राखेका थिए ।
विद्यार्थीलाई अन्यत्र भ्रमण लगेर मात्रै नहुँने भन्दै स्थानीय कृषि पशुपालनका वारेमा समेत जानकारी दिन भन्दै भ्रमण गराईएको विद्यालयले जनाएको छ ।
विगत ५ वर्ष देखि उद्योग नै सञ्चालन गर्दै आउनु भएका लुईटेलले मासिक १० लाख भन्दा बढीको विक्रि वितरण गर्दै आउनु भएको छ । उहाँ भन्नुहुन्छ ‘त्यस्मा खर्च कटाएर ४० देखि ५० प्रतिशत वचत हुने गर्दछ ।’ वार्षिक ५०/६० लाख सजिलै बचत गर्न गरेको लु्ईटेलको भनाई छ ।
१ करोड ५० लाख भन्दा बढीको लागतमा उद्योग सञ्चालनमा ल्याएका लुईटेलको लगानी अहिले ३ करोड पुगिसकेको छ । पछिल्लो पटक कृषि क्षेत्रमा सहयोग पाउन थालेको भए पनि यस प्रति नीतिमा परिवर्तन जरुरी रहेको उहाँको भनाईछ ।


नेपाल सरकार कृषि मन्त्रालयको सहकार्यमा ईन्द्रेणी वंगुर उद्योगलाई नमुना फार्मको रुपमा विकास गर्ने काम शुरु भईसकेको लुईटेलको भनाई छ । त्यस्का लागि रु १० लाख प्राप्त भएको उहाँले जानकारी दिनुभयो
३९ वर्षीय भीम लुइँटेलले बंगुरपालन सुरु गर्दा ‘बाहुनको छोराले बंगुर पाल्ने ?’ भनेर टिप्पणी गर्ने थुपै्र थिए । जीविकोपार्जन गर्न केही न केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनु भएका लुईटेलको प्रगति देखे पछि अहिले सवै चुपचाप छन् । उहाँले आफ्नो परिवार पूर्ण रुपमा लागि रहेको भन्दै ज्यालादरी बाहेक तलवी रुपमा मात्रै ५ जनालाई रोजगारी दिईरहेको जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वमा नेपाली सेनाको जागिर छाडेर दुबई पुगेका लुइँटेलले ५ वर्षअघि २७ लाख रुपैयाँ लगानीमा बंगुरपालन सुरु गर्नु भएको थियो । ‘वालिङ–९ पीपलटारीमा १३ रोपनी जग्गा १० वर्षका लागि १२ लाखमा भाडामा लिएर व्यवसाय थालेको हुँ,’ लुइँटेलले भन्नुभयो, ‘फार्ममा अहिले १ सय माउ सहित २ सय ५० बंगुर छन् ।’
उहाँले इन्द्रेणी फार्मलाई बच्चा उत्पादन अर्थात् प्रजनन गर्ने उद्योगका रूपमा विकास गर्नु भएको छ । यहाँ उत्पादित बच्चा स्याङ्जा, कास्की, पाल्पा, रूपन्देही, प्यूठान, दाङलगायत २० जिल्लामा पुगेका छन् ।


लुइँटेलले एक महिनाको बच्चा ५ हजार रुपैयाँका दरले बेच्नुहुन्छ । बच्चा जन्माउन नसक्ने तथा भाले बंगुर मासुका लागि बिक्री हुन्छ । मासुका लागि एक सय ३० देखि ३०० किलोसम्मको बंगुर बेचेको उहाँले सुनाउनु भयो । ‘बंगुरको बजार राम्रो रहेको उहाँको बुझाई छ । माग अनुशार बच्चा उपलव्ध गाराउन नसकिएको भन्दै लुईटेलले राज्य तथा नगरपालिकाबाट आवश्यक सहयोग प्राप्त भएमा स्याङ्जालाई नै वंगुरको मासुमा आत्म निर्भर बनाउन सकिने जानकारी दिनुभयो ।
वालिङमा मात्रै दनिक ३ सय ५० केजी भन्दा वढि वंगुरको मासु खपत हुने गरेको भन्दै लुईटेलले यहाँको उत्पादन कम हुँदा बाहिरबाट मासु ल्याउनु पर्ने अवस्था आईरहेको बताउनु भयो ।
वालिङ नगरपालिकाले समेत कृषिका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘पेशा गर्छु र नगरलाई उत्कृष्ट बनाउछु भन्ने नागरिकलाई नगरपालिकाको सदैव साथ रहने छ ।’


लुइँटेलले जिल्ला पशु कार्यालय र युवा परिषद् स्याङ्जाबाट उत्कृष्ट युवा उद्यमी घोषित भई पुरस्कार पाईसक्नुभएको छ । ‘पैसा कमाउने मात्र मेरो सोच होइन,’ लुइँटेल भन्नुहुन्छ ‘विदेशमा रहेका युवालाई स्वदेशमै राम्रो कमाउन सकिन्छ भन्ने सन्देश दिन समेत चाहेको छु ।’

Facebook Comments Box
TOP