स्याङजाको पुतलीबजारमा मोबाइल मर्मत तथा कम्प्युटर डिप्लोमा तालीम सुरु ।
आधिँखोला खवर/ स्याङजा :
रोजगारीको अभावमा दैनिक हजारौ यूवाहरु विदेश गइरहेको बेला पुतलीबजार नगरपालिकाले युवाहरुलाई मोबाइल मर्मत एंव कम्प्युटर डिप्लोमा तालिम सुरु गरेको छ ।
यूवाहरुलाई स्वदेशमै व्यवसायिक बनाउने उद्देश्यले पुतलीबजार नगरपालिकामा मोबाइल मर्मत एंव कम्प्युटर डिप्लोमा तालिम सुरु भएको हो ।

तालीमको उद्द्घाटन गर्दै पुतलीबजार नगरपालिकाका मेयर सिमा कुमारी क्षेत्रीले आफ्नै ठाउँमा वसेर केही गर्न र सिक्न चाहने तथा आर्थिक अवस्थाको कारण तालिममा सहभागी हुने युवाहरूको लागि अवसर भएको बताउनुभयो । उहाले तालीम पश्चात व्यवसाय संचालन गर्ने चाहाने युवाहरुलाइ आवश्यक सहयोग गर्नेमा जोड दिनुभयो ।

तालिममा पुतलीबजार नगरपालिकाका ८५ जना युबाहरुको सहभागिता रहेको छ । कार्यक्रममा स्याङ्जा चेम्बरका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, पुतलीबजार मेयर स्वकीय सचीव अशोक शर्मा लगायतले बोल्नुभएको थियो । पुतलीबजार नगरपलिकाका प्रसासकिय अधिकृत रुद्र बहादुर मल्ल को सभापतिमा सम्पन्न उद्द्घाटन कार्यक्रमको संचालन पुतलीबजार नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव दयाराम गौतमले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


