नागरिकलाई सचेत रहन आग्रह गर्दै सांसद रेग्मीले गरे तिनै तहका सरकारको ध्यानाकर्षण ।

आँधीखोला खबर/स्याङ्जा :
कोरोना भाईरसबाट त्रसित नवनी सचेत रहन गण्डकी प्रदेश बिधायन समितका सभापति मोहन रेग्मीले आग्रह गर्नु भएको छ । बिश्वलाई नै त्रसित र आक्रान्त पारिरहेको कोरोना भाईरस कोभिड १९ को रोकथामका लागि देश नै लकडाउनमा रहेको भन्दै सभापति रेग्मीले नागरिकलाई सचेत रहन आग्रह गर्नु भएको हो । फेसवुकमा पोष्ट गर्दै रेग्मीले राहत तथा स्वास्थ्यका बारेमा तिनैतहका सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।
पोष्टमा भनिएको छ

“ आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, विश्वभरि नै महामारीको रूप लिएको COVID-19 (कोरोना भाइरस)को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन, सावधानी र सचेतना अपनाउन सबैमा हार्दिक अपिल गर्दछु । कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्रै बस्न र नियन्त्रणका लागि नेपाल सरकार तथा बिश्व स्वास्थ्य संगठनका निर्णय एवम् निर्देशनहरूलाई पालना गर्न समेत आह्वान गर्दछु ।
यस कठीन परिस्थितिमा आगामी संभावनाहरूको राम्रो विश्लेषण गरी राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित एवम् प्रभावकारी परिचालन गर्न, चिकित्सक तथा फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन, विपन्न तथा दैनिक कमाएर मात्र खान पाउने परिवारहरूलाई खाना उपलब्ध गराउन तथा अत्यावश्यक उपभोग्य बस्तुको अभाव हुन नदिन तीनै तहका सरकारहरू सहित सम्बन्धित सबैको विशेष ध्यानाकर्षण गर्दछु ।”

.

Facebook Comments Box
TOP