पर्यटन प्रवर्द्धन गर्न रमाईलो मेलाको आयोजना गरेका हौं : संयोजक खाँण

वालिङ नगरपालिका तथा आसपासका क्षेत्रहरुमा रहेका पर्यटकीय संभावनाहरुको पहिचान, प्रवर्द्धन र सं प्रवर्द्धनका लागि भन्दै प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६ हुन लागेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर वन्डरफूल वालिङ पर्यटन समितिले रमाईलो मेलाको आयोजना गर्न लागेको हो । यो मेला यही माघ ९ गते देखि १९ गतेसम्म संचालन हुदैछ । यो मेलाले स्मार्ट नगरको अवधारणा बोकेको वालिङलाई पर्यटकीय क्षेत्रको गन्तव्य बनाउने अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो मेला नाफा, घाटासंग सम्वन्धित नरहेको आयोजकको दावी छ । स्मार्ट सिटी वालिङलाई चिनाउन यो मेलाले सहयोग गर्ने विश्वास गरिएको छ ।

मेलामा १ सय ५० स्टल रहनेछन् । मेलामा विभिन्न खेलकुद प्रतियोगिता समेत संचालन हनेछ । मेलामा आन्तरिक र बाह्य पर्यटक समेत भित्राउने लक्ष्य रहेको छ । स्मार्ट नगरलाई सामाजिक रुपमा अगाडि बढाउन समेत यो मेलाको आयोजना गरिएको मेलाका संयोजक आशिष प्रताप खांण बताउछन् । मेलामा होमस्टेको समेत प्रवर्द्धन गर्ने कार्यक्रम रहेको छ । मेला अवधिमै नगरभित्र रहेका पर्यटकीय क्षेत्रमा घुम्न सकिने व्यवस्था मिलाईएको छ । मेला संचालन हुने भएपछी स्थानीय समेत खुशी भएका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई सार्थक तुल्याउन मेलाको आयोजना गरिएको बताउने मेला आयोजक समितिका संयोजक आशिष प्रताप खांणसंग यसै विषयमा सम्वन्धित रहेर पत्रकार अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश…………


१. आशिष जी आराम हुनुहुन्छ ? रमाईलो मेलाको तयारी कहाँ पुग्यो ?
धन्यवाद, नमस्कार । आरामै छु । हाम्रो तयारी युद्धस्तरमा चलेको छ । हामी प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६ गर्न गैराखेका छौँ । अहिले सम्म ७५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं । स्टल, वाल उद्यान लगायत व्यवसायीक स्टलहरु बुक भैसकेका छन् । विषयगत समिति, उप–समिति निर्माण भइ कामहरु भैराखेका छन् । अहिले हामी मेला भन्दा पहिला गर्नुपर्ने विशेष प्रचार–प्रसार पुर्व तयारीको रुपमा गर्नुपर्ने सबै कार्यहरु सम्पन्न गरि सकेका छौं ।
२. स्टल र मुल आयोजक समिति बारे केहि बताइदिनुस् न ?
– यस मेला भित्र व्यवसायिक, कृषि, प्रदर्शनी लगायतका १५० स्टल रहन्छन् । १२० वटा व्यवसायिक स्टल हुन्छ, अन्य ३० मा घरेलु, कृषि र प्रदर्शनी गर्ने खालका स्टलहरु रहन्छन् । मेला भित्र स्वस्थकर खाना खुवाउने उद्देश्यले होटलका स्टल पनि राख्ने भएका छौं । यस भित्र जिल्लाको पर्यटन प्रर्वद्धन गर्नुपर्ने खालका स्टल पनि रहन्छ । मेलाको मूल आयोजक समिति वन्डरफूल वालिङ पर्यटन विकास संस्थाका सम्पूर्ण सदस्यहरु रहनुभएको छ । अन्य उपसमिति गठन गरी संयोजक पनि तोकीसकेका छौं ।

आशिष प्रताप खाँण,
संयोजक,
प्रथम वालिङ साँस्कृतिक तथा
आन्तरिक पर्यटन रमाईलो मेला २०७६ :


३. व्यवसायीहरुले स्टल कसरी बुक गर्न सक्छन् ?
– मेलामा स्टल लिनका लागि माघ ७ सम्म बुकिङ गरिसक्नु पर्नेछ र अहिले सम्म व्यवसायिक प्रयोजनको लागि दिने भनेको धेरै वटा स्टल बुकिङ भैसकेको अवस्था छ । अव हामीसंग बुक भर्न व्यवसायिक स्टल त्यती धेरै बाँकी छैन । स्टल बुक गर्नका लागि हाम्रा स्टल समितिका संयोजकसंग सम्पर्क गर्नुहुन अनुरोध छ ।
४. प्रथम वालिङ साँस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६ को मुख्य आकर्षण के के बन्न सक्लान् ?
– जिल्लाका स्थानिय उत्पादनहरुलाई प्रवर्द्धन गर्ने मेलाको मुख्य उद्देश्य हो । त्यसै अनुरुप हामीले अहिले यो मेलामा हाम्रो कृषि प्रदशनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा विक्रि वितरण, स्थानीय पर्यटन प्रर्वद्धन सम्वन्धि विविध कार्यक्रमहरु, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शन तथा विक्रि, हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण, जडिवुटिको प्रदर्शनी विक्रि तथा जानाकारी, हाम्रो जिल्लामा भएका आदिवासीहरुको भेषभुषा, सँस्कृति तथा रहनसहनको प्रदर्शनी रहेको छ ।

त्यस्तै गरी अटो मोवाइल्सको प्रदर्शनी तथा विक्रि वितरण र रमाइलो मेला बालउद्यान लगायत विभिन्न खालका कार्यक्रमहरुलाई आकर्षण बनाउँदै परम्परागत व्यवसायबाट अलिमाथि उठ्नु पर्छ भन्ने नै मेलाको एजेन्डा रहेको छ । हाम्रा मुख्य आकर्षणका रुपमा पोखरादेखि साईकल चलाएर मेला स्थलसम्म साईकल ¥याली, भलिबल प्रतियोगिता, साहसिक खेल जस्तैः प्याराग्लाईडिङ, साईक्लिङ, आंधिखोलामा जलयात्रा, विभिन्न पर्यटनसंग सम्वन्धि वृत्तचित्र प्रदर्शनी, नौमती बाजा प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती, बाल उद्यानहरु रहनेछन् ।
५. प्रथम वालिङ साँस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६ बाट के अपेक्षा गर्न सकिन्छ ?
– यो मेलाको अपेक्षाका हिसावले २ वटा पाटो हुन्छन् । एउटा पाटो आर्थिक समृद्धिको लागि गरिन्छ र अर्काे हामीले पर्यटनको प्रचार गरि राखेका छौँ । परम्परागत व्यवसायबाट अलि माथि उठेर आर्थिक रुपमा अलि सक्षम सवल बनेर स्थानिय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने र जिल्लामा आन्तरिक र वाह्य पर्यटकको आगमन हुने र आर्थिक क्षेत्रमा व्यपार व्यवसाय वढाउने व्यवसायीहरुको स्तर माथि उठाउने मुख्य हाम्रो आकर्षण रहन्छ । “पहिला देश अनि मात्र विदेश” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस आन्तरिक पर्यटन मेलामा सर्वसाधारणलाई देशमा नै काम गर्न प्रेरित गर्ने, विभिन्न स्थानीय घरबासहरुको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा गर्न सकिने साहसकि खेलहरुको प्रवद्र्धन गरी आन्तरिक पर्यटनमा टेवा पु¥याउने विश्वास लिईएको छ ।
६. बाल उद्यान रमाइलो मेलाले यहाँको पैसा वाहिरिन्छ भन्ने छ यहाँको आर्थिक विकास कसरि सम्भव छ ?
– निश्चय पनि बाल उद्यान रमाइलो मेलामा आउनु भएका व्यवसायि साथिहरुले यहांबाट कमाएर लैजानु हुन्छ । यो स्वभाविक प्रक्रिया हो । यो क्षेत्रमा गरिएको खर्च बाहिर जान्छ भन्नु भन्दा पनि यो एउटा व्यवसाय हो यसलाई पनि विस्तार गर्नुपर्छ भन्नेतर्फ लाग्नुपर्छ । यहांको समग्र आर्थिक स्थिती सुधार गर्न बाहिरको मान्छे पनि त यहाँ आएर खर्च गर्छ ति अन्य क्षेत्रमा खर्च हुँदा नदेखिएर गएको हुन्छ । यस्ता मेलामा त्यति ठूलो धन राशी जादैन । यस्ता कार्यक्रमले फाइदा नै गर्छ । जनमानसलाई आकर्षित गर्न रमाईलो मेलाका साथमा विभिन्न तरिकाबाट पर्यटक भित्राउने खालका सन्देश दिने उद्येश्य लिएका छौं । लगानी गरेपछि उपलब्धि पछि फिर्ता हुन्छ भन्ने विश्वास लिएका छौं । मेलाले यहांको सिप विकासका अवसरहरुको ढोका खुल्छ ।
७. यो रमाईलो मेलामा अरु महोत्सवहरुमा भन्दा पृथक केहि छन् ?
– हाम्रो यो मेला पृथक छ । यसमा कतै राजनैतिक हस्तक्षेप छैन यो मेला साच्चिकै पर्यटकीय महोत्सव हुनेछ । यो मेला सबै क्षेत्रबाट पृथक रहेर एउटा पर्यटकीय ढङ्गबाट सञ्चालन गर्दैछौं । यो विशुद्ध आन्तरिक पर्यटकहरुलाई कसरी वालिङमा भित्राउन सकिन्छ भन्ने उद्येश्यका साथ आयोजना गरिएको मेला हो ।
८. मेला तथा महोत्सवमा आयोजकहरुले आफ्नो आफन्तहरुलाई मात्र टिकट र गेटपास दिन्छन् भन्ने आरोप छ तपाईहरुले टिकट र गेट पास कसरी व्यवस्थित गर्नुहुन्छ ?
– हामी गेट पास थोरै मात्र छपाउने पक्षमा छौं । हामी अधिकांश टिकट काटेर नै प्रवेश गर्छौ । हाम्रो सल्लाह अनुसार जो कोहि हाम्रा आफन्तहरुलाई टिकट काटेर नै भित्र प्रवेश गराउँछौ । हाम्रा आफन्त, नातागोता, राजनिक दल भनेर टिकट दिने गेटपास उपलब्ध गराउने नीति हाम्रो छैन । कुनै किसिमका टिकट गेटपासको दुरुपयोग हुँदैन । हाम्रो मेलामा गेट पास तथा टिकट न्यूनमात्र बाड्ने व्यवस्था गरिएको छ । संस्थालाई कसरी आर्थिक पाटोमा सक्षम बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएका छौं ।
९. यो रमाईलो मेला आयोजना गर्नुको उद्येश्य के हो ?
पर्यटन प्रवद्र्धन गर्ने तथा नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग गर्ने उद्येश्यका साथ यो मेला आयोजना गरेका हौं ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त यो अवसरको लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई बिशेष धन्यवाद दिन चाहन्छु । सम्पूर्णमा यस पर्यटन संस्थाले आयोजना गरेको पर्यटन मेलामा सहभागी भै भब्यताका साथमा सफल पार्नुहुन हार्दिक निमन्त्रणा गर्दछु ।

Facebook Comments Box
TOP