गायक रामकृष्ण ढकालको निलम शाहसँग सम्बन्ध विच्छेद

काठमाडाैँ– गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच बुधबार सम्बन्ध विच्छेद भएको छ।

काठमाडौँ जिल्ला अदालतमा उनीहरु दुईबीच सम्बन्ध विच्छेद भएको हो। न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरु दुईबीच सम्बन्ध बिच्छेदको मुद्दा टुंग्याएको हो। ढकाल र शाहका एक छोरी छिन्। सम्बन्ध विच्छेदपछि छोरी आमासँगै बस्ने भएकी छन्।

शाहले मंगलबार सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन्। जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार शाहले ढकालसँग अंश नलिने भएकी छन् भने छोरीको पालनपोषण र शिक्षादीक्षाको खर्च संयुक्त रुपमा व्यहोर्ने सहमति पनि उनीहरुबीच भएको छ।

Facebook Comments Box
TOP